फेसबुकले ‘कोभिड-१९ मानव निर्मित थियो’ भन्ने अफवाह रहेका पोस्ट नहटाउने

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

फेसबुकले ‘कोभिड-१९ मानव निर्मित थियो’ भन्ने अफवाह रहेका पोस्ट नहटाउने
Classic Tech

फेसबुकले कोभिड १९ मानवनिर्मित भएकव दावी गरिएको पोस्ट नहटाउने भएको छ। हालै फेसबुकका प्रवक्तनले हालै पोलिटिको डटकम लाई दिएको जानकारीमा यस्तो बताइको द भर्जले जनाएको छ।

कम्पनीले यस भाइरसको उद्गमका बारेमा केन्द्रित हुँदै र राष्ट्रपति जो बाइडेनले आफ्ना गुप्तचर संस्थालाई उक्त भाइरसको ‘प्रयोगशालामा निर्माण गरिएको’ भन्ने स्वनामधन्य परिकलपनाका सम्बन्धमा अनुसन्धान गर्न आदेश दिएको अवस्थालाई मध्यनजर गरेर यसबारेमा आफ्नो नीति परिवर्तन गरेको समाचारमा उल्लेख छ।

फेसबुकका प्रवक्ताका अनुसार ‘जनस्वास्थ्यविदहरुसँगको परामर्श’ पछि कम्पनीले आफ्नो नीतिमा परिवर्तन ल्याएको हो। कम्पनीको नीतिमा कोभिड १९ का बारेमा मिथ्या दावी र षडयन्त्रको सिद्धान्त युक्त पोस्ट हटाइने लेखिएको छ।

फेसबुकमा प्राय मिथ्या समाचार आउने गरेक छन्। २०१४ मा पनि इबोला भाइरसबारे यस्तै समाचार फैलाइएका थिए। यसैकारण आफ्नो नीति परिवर्तन गर्न कम्पनी विधायकहरुको दबाबमा रहेको छ।

सन् २०२० को जनवरीमै कम्पनीले कोरोना भाइरसका बारेमा राखिएका पोस्टमा ‘मिथ्या सूचनासम्बन्धी’ नीति आकर्षित हुने स्पष्ट पारे पनि अघिल्लो वर्ष महामारीका बेला ‘ब्लिच पिउनाले कोरोना निको हुन्छ’ जस्ता अफवाहहरु फेसबुकमा पोस्ट र हज्जारो पटक शेयर गरिएका थिए।

मिथ्या समाचारको बाढी रोक्न त्यसबेला देखि कम्पनीले खोपविरोधी प्रोपागाण्डा रहेका र हटाउनुपर्ने पोस्टको सूची नै तयार पारेको थियो। यसबाहेक खोप कहाँ पाइन्छ भन्ने आधिकारिक सूचना पोस्ट गर्नुका साथै मिथ्या समाचारयुक्त पोस्टमा कुनै प्रतिक्रिया नजनाउन पनि यूजरहरुलाई सचेत गराएको थियो।

एजेन्सीका साथमा

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

Loading...