आगामी ४ वर्षभित्र देशभर फाइभजी सेवा बिस्तार गर्ने दूरसञ्चार प्राधिकरणको कार्ययोजना

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

आगामी ४ वर्षभित्र देशभर फाइभजी सेवा बिस्तार गर्ने दूरसञ्चार प्राधिकरणको कार्ययोजना

काठमाडौं ।

नेपालले सन् २०२५ सम्म देशभर फाइभजी सेवा पुर्याउने लक्ष्य राखेको छ । यसकोलागि नेपाल दूरसञ्चार प्राधिकरणले चरणबद्ध योजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् ।

सातौं एशिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट कन्फ्रेन्समा आफ्नो धारणा राख्ने सन् २०२५ भित्र देशभर फाइभजी सेवा बिस्तार गर्ने बताएका हुन् ।

‘सरकारले यसअघि नै ५जी सेवा परीक्षण गर्ने अनुमति दिईसकेको छ र यसमा ७०० र २.६ गीगाहर्ज ब्याण्ड उपयोग गरिनेछ । सन् २०२५ भित्र देशभर फाइभजी सेवा बिस्तार गर्ने योजना लिएका छौं ।’ अध्यक्ष खनालले भने ।

उनले सन् २०२८ मा ७० प्रतिशत जनताबिच फाइभजी सेवा पुर्याउने लक्ष्य रहेको खुलासा गरे ।

अहिले प्रविधि तटस्थताको कारण विभिन्न प्रविधिहरु प्रयोग गर्न सहज भएको भएपनि
नेपालको भौगोलिक अवस्थाले गर्दा बिटिएस टावर र अप्टिकल फाइबर बिस्तार गर्न कठिन र चुनौतीपूर्ण भएको बताए ।

अध्यक्ष खनालले फोरजी एलटिईलाई बिस्तार गर्न लो ब्याण्डले सहयोग गरेको र नेपाल टेलिकमलाई लो ब्याण्डमा दिएको फोरजी स्पेक्ट्रमले देशभर कभरेज पुर्याउन सहयोग गरेको बताए ।

‘हामीले यसअघि नै ९०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अपनाएका छौं र सोहिअन्तरगत एनसेललाई दिएको ९०० मेगाहर्ज ब्याण्डले कभरेज र गुणस्तरमा वृद्धि भएको छ,’ अध्यक्ष खनालले कन्फ्रेन्समा भने ।

उनले यस महामारीका कारण देशभर अनलाइन गतिबिधिहरु बढिरहेकोमा अहिले भएको फोरजी सेवाको बिस्तारले यसलाई सहयोग गर्ने बताए ।

easy care

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार