भारतमा सूचना प्रविधि मन्त्रालयको सोसल मिडियाहरुलाई पत्र, नयाँ नियम पालन गरे/नगरेको जानकारी माग

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

भारतमा सूचना प्रविधि मन्त्रालयको सोसल मिडियाहरुलाई पत्र, नयाँ नियम पालन गरे/नगरेको जानकारी माग

भारतको इलेक्ट्रोनिक तथा टेक्नोलोजी मन्त्रालयद्धारा २५ फेब्रुअरीमा जारी गरेको नयाँ नियमको पालना गरे/नगरेको भनेर आईटी मन्त्रालयले बुधवार सबै सोशल मीडिया प्लेटफर्मलाई नोटिस पठाएको छ।

मन्त्रालयले पत्रमा सोधेको छ- ‘किन उनीहरूले सक्षम अधिकारीहरू नियुक्त गरेका छैनन् ? यदि उनीहरू नियुक्त भएका छन् भने उनीहरूको विवरण आज (बुधबार) बेलुकासम्म उपलब्ध गराउनुहोस्।’

मन्त्रालयको तर्फबाट पत्रमार्फत यदि उनीहरूले आफूलाई सामाजिक मिडियाको रूपमा मान्दैनन भने यसको कारण समेत दिनुपर्ने भनेको छ । यसका साथै मन्त्रालयले अधिक जानकारीको लागि माग गर्न सक्छ र कारबाही गर्न स्वतन्त्र भएको उल्लेख गरिएको छ।

आईटी मन्त्रालयले नयाँ सामाजिक मिडिया नियम अन्तर्गत कम्पनीहरूले नियुक्त गरेको मुख्य कम्प्लायन्स अधिकारी, भारतमा रहेको गुनासो सुन्ने अधिकारी लगायतको बारेमा विवरण मागेको छ। आईटी मन्त्रालयले ठूला सोशल मिडिया कम्पनीहरूका लागि थप अनुसन्धानको आवश्यकता लगायतका अन्य नियमहरू बुधवारदेखि लागू भएको जानकारी समेत दिएकोछ ।

सरकारले सोशल मिडिया फर्मलाई नयाँ आईटी नियमहरू अन्तर्गत कम्तिमा विवरणहरू उपलब्ध गराउन आग्रह गरेको छ। बुधवार सोशल मिडिया मध्यस्थलाई लेखेको पत्रमा भारतमा ५० लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू भएकोलाई सोशल मिडिया फर्मको रूपमा लिइएको छ। एजेन्सीहरु

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

Loading...