एज विण्डोज १० का लागि छिट्टै नै सबैभन्दा शक्तिशाली ब्राउजर हुने माइक्रोसफ्टको दावी

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

एज विण्डोज १० का लागि छिट्टै नै सबैभन्दा शक्तिशाली ब्राउजर हुने माइक्रोसफ्टको दावी

बुधबार बिल्ड २०२१ इभेन्टका अवसरमा माइक्रोसफ्टले यसै हप्ता आउँदै गरेको अपडेटका साथ एज विण्डोज १० का लागि छिट्टै नै सबैभन्दा शक्तिशाली ब्राउजर हुने दावी गरिएको छ।

डेभलपरहरु एज९१ मा स्लीप ट्याब तथा लन्च बूस्टरजस्ता फिचरहरु थप गरिरहेको बुझिएको छ।

स्लीपिङ ट्याब फिचरले प्रयोग नभएका ट्याबहरुमा सिस्टम रिसोर्स एलोकेट गरेर ब्राउजरको क्षमता बढाउँछ। यसले विज्ञापनहरुलाई निस्क्रिय ट्याबहरुमा पठाउँछ। स्लीपिङ ट्याब्स फिचर प्रयोगमा आएपछि एज ब्राउजरले खपत गर्ने मेमोरीमा ८२ प्रतिशतसम्मले घट्ने माइक्रोसफ्टको दावी छ।

लन्च बूस्टर फिचरले एजका प्रक्रियाहरु विण्डोजको ब्याकग्राउण्डमा चल्छन् जस्ले गर्दा ब्राउजर चलाउँदा र ट्याब खोल्दा अतिरिक्त स्रोतको आवश्यकता पर्दैन।

गत वर्ष क्रोमियममा आधारित एज ब्राउजर सार्वजनिक गरेपछि माइक्रोसफ्टले ५३०० भन्दा बढी ओपन सोर्स क्रोमियम प्रोजेक्टहरु गर्ने प्रतिबद्धता गरेको छ। त्यसैले यस इन्जिनमा आधारित अन्य ब्राउजरमा पनि एजमा जस्तै परिवर्तन हुन सक्ने आकलन गर्न सकिन्छ।

माइक्रोसफ्ट डेभलपमेन्ट टिमले हालै लिनक्सका लागि क्रोमियम प्रोजेक्टको सोर्स कोडमा आधारित प्रोप्राइटरी एज ब्राउजरको बिटा भर्सन घोषणा गरेको छ। उक्त ब्राउजर उबन्टु, डेबियन, फेडोरा र ओपनएसयूएसई मा आरपीएम र डेब प्याकेजका रुपमा उपलब्ध छ।

पहिलो पटक लिनक्सका लागि माइक्रोसफ्ट एजको सार्वजनिक परीक्षण गत वर्ष अक्टोबरमा माइक्रोसफ्टएजइन्साइडर डटकममा गरिएको थियो। ६ महिनासम्म कम्पनीले ब्राउजरको प्रिलिमिनरी र अल्फा बिल्ड सार्वजनिक गरिरह्यो र यसैबीच अब यो बिटा परीक्षणको चरणमा पुगेको छ।

यस वेब ब्राउजरको बिटा भर्सनले ६-६ हप्तामा नयाँ भर्सन पाउनेछ। लिनक्स प्लेटफर्ममा माइक्रोसफ्ट एजको आधिकारिक सार्वजनिक हुने मिति भने तोकिएको छैन।

विश्लेषक कम्पनी स्ट्याटकाउन्टरका अनुसार माइक्रोसफ्ट एज हाल विश्वमा डेस्कटप ब्राउजरहरुमा ८ प्रतिशत ग्राहकसकित तेस्रो नम्बरमा रहेको छ। यो सूचीमा ६७.६ प्रतिशत ग्राहकका साथमा गुगल क्रोम पहिलो नम्बरमा छ भने ९.९ प्रतिशत ग्राहक रहेको एप्पलको सफारी दोस्रो नम्बरमा रहेको छ।

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

Loading...