ब्याट्रीमा खराबी आएपछि नर्वेमा टेस्लामाथि जरिबाना

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

ब्याट्रीमा खराबी आएपछि नर्वेमा टेस्लामाथि जरिबाना

काठमाडौं ।

नर्वेको एउटा अदालतले सन् २०१९ को टेस्ला कारमा सफ्टवयर अपडेटपछि थुप्रै किलोमिटर माइलेज घटेको भन्दै टेस्लालाई जरिबाना तिराएको छ।

यसबारेमा ३० जनाले उजुरी दिएपछि छानबिन र जरिबाना गरिएको स्थानीय सञ्चारमाध्यम नेट्टाभिजेनले जनाएको छ।

टेस्लाले यो जरिबाना रकम प्रत्येक उजुरीकर्तालाई १ लाख ३६ हजार नर्वेली क्रोन अर्थात् ११ हजार ५०० पाउण्ड तिर्नुपर्ने फैसला भएको छ।

यसमा टेस्लाले पुनरावेदन गर्न भने पाउनेछ।

ब्याट्रीको समस्याले सन् २०१३ देखि २०१५ सम्म बनेका टेस्ला एस मोडलका गाडीहरुमा समस्या देखिएको थियो। ब्याट्री जोगाउनकै लागि भनेर डिजाइन गरिए पनि सफ्टवयर अपडेटपछि यसको माइलेन र ब्याट्री चार्ज हुने समय दुवैमा समस्या आएको थियो।

डेभिड रास्मुसेन नामका एक ग्राहकले इलेक्ट्रेक वेबसाइटलाई बताए अनुसार उनको टेस्ला एस मोडलको माइलेज सफ्टवयर डाउनलोड गरेको एक हप्तामा २४७ किमीबाट घटेर २१७ किमीमा झरेको थियो।

सन् २०१६ मा १२६ जना नर्वेली ग्राहकले कम्पनीका गाडीहरुको प्रदर्शनी उसले प्रचार गरेजस्तो नभएको भनी गरेको गुनासो टेस्लाले अदालत बाहिर नै मिलाएको थियो।

Global Bank
easy care

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

ताजा समाचार