डाइमेन्सिटी ७०० चिपसेटसहितको रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

डाइमेन्सिटी ७०० चिपसेटसहितको रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक

काठमाडौं ।

रेडमीले हालै आफ्नो नोट सिरिजको अर्को नयाँ डिभाइस रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक गरेको छ।

यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यो इन्ट्री-लेभल स्मार्टफोन भएको बुझिएको छ। यसको शुरुवाती मूल्या ९९९ चिनियाँ युआन अर्थात् १५६ डलर तोकिएको छ।

यो डिभाइस सेन्टर पन्च होल डिस्प्ले डिजाइनमा ल्याइएको छ भने सिल्भर नीलो हरियो र खरानी रंगमा उपलब्ध छ।

फाइभजी सपोर्ट गर्ने भए पनि इन्ट्री लेभल र कम मूल्यको स्मार्टफोन भएकाले यसमा मिडियाटेकको डाइमेन्सिटी ७०० प्रोसेसर राखिएको छ। यो चिप ७ एनएम प्रोसेसमा बनेको र यसमा दुई ओटा ठूला ए७६ तथा ६ ओटा साना ए५५ कोरहरु समावेश गरिएका छन्।

रेडमी नोट १० फाइभजीमा २४००x१०८० पिक्सेल रेजोल्युशन भएको ६.५ इन्चको एलसीडी डिस्प्ले रहेको छ। यसको रिफ्रेश रेट ९० हर्ज रहेको छ। यसमा ३० ५० ६० र ९० मध्ये कुनै एउटा रिफ्रेश रेट छानेर चलाउने अप्शन पनि दिइएको छ।

यसमा ५००० एमएएचको ब्याट्री चार्ज गर्नका लागि १८ वाटको फास्ट चार्जिङ पनि दिइएको छ भने पछाडि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप तथा सेल्फीका लागि अगाडि ८ मेगापिक्सेलको ब्युटी क्यामरा लगाइएको छ।

चार भेरियन्टमा उपलब्ध यो डिभाइसको ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको १७२ डलर, ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको १७८ डलर, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको २१९ डलर तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको २५० डलर तोकिएको छ। तर शुरुवाती मूल्यमा तत्काल किन्दा ४ जीबी र्याम भेरियन्ट १५६ डलरमै उपलब्ध हुने बताइएको छ।

easy care

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार