ह्याकरद्वारा वनप्लस सहसंस्थापक कार्ल पेईको ट्विटर एकाउन्टबाट क्रिप्टोकरेन्सी माग

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

ह्याकरद्वारा वनप्लस सहसंस्थापक कार्ल पेईको ट्विटर एकाउन्टबाट क्रिप्टोकरेन्सी माग

काठमाडौं ।

वनप्लसका सह-संस्थापक कार्ल पेले मंगलबार आफ्नो ट्विटर खातामा ह्याकरहरूद्धारा कम्प्रोमाइज गरिएको बताएका छन् । पेईको ट्विटरमा पहुँच पुर्‍याउने ह्याकरहरूले जालसाजीले क्रिप्टोकरेन्सी स्पेसमा आफ्नो उद्यमको घोषणा गरे र इथरलाई नथिंग क्वाइन भनिने नयाँ क्रिप्टोकरेन्सीको लागि बदल्न आग्रह गरिरहेका थिए।

स्विडेनी उद्यमीले आफ्ना फलोअरहरूलाई कुनै नयाँ ईथर वा व्यक्तिगत जानकारी क्रिप्टोकरेन्सी एकाउन्टहरूमा नपठाउन आग्रह गरेका छन् । जुन उनको नयाँ स्थापना भएको स्टार्टअप नथिङ्गअन्तरगत भनेर दाबी गरिरहेका छन्।

पेइले २०१३ मा पीट लाउको साथ स्थापना गरेको स्मार्टफोन कम्पनी वनप्लसले लोकप्रियता प्राप्त गर्‍यो। तथापि, उनले गत बर्ष कम्पनीबाट बाहिर निस्किएर नथिङ्ग भन्ने कम्पनी स्थापना गरेका हुन् ।

पेइले एउटा ट्वीटमा बताएअनुसार ह्याकर्सले ईफेरको आईएफटिटिटि एकाउन्ट ह्याक गरेपछि ट्वीट इन्जेक्स गर्न सक्षम भएका थिए । उनले आफ्ना फलोअरहरूलाई ईथर वा उनीहरूको कुनै पनि व्यक्तिगत जानकारी क्रिप्टोकरन्सी खातामा नपठाउन भनेका छन जसलाई ह्याकरहरुले नथिङ्गको भएको दाबी गरेका थिए ।

‘मैले मेरो ट्विटरमा कनेक्टभएका सबै तेस्रो पक्षिय एपहरू मेटाएको छु,’ पेईले भने।

पेईको कम्पनी नथिङ्ग हाल एउटा वायरलेस ईयरबडमा काम गरिरहेको छ जून आगामी महिना आउने अपेक्षा गरिएकोछ ।

easy care

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार