भारतमा फेसबुक, ट्विटर जस्ता सोशल मिडिया कम्पनीहरु बन्द हुनसक्ने आशंका

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

भारतमा फेसबुक, ट्विटर जस्ता सोशल मिडिया कम्पनीहरु बन्द हुनसक्ने आशंका

छिमेकी मुलुक भारतमा फेसबुक, ट्विटर, इंस्टाग्राम, ह्वाट्सएप लगातार डाटा प्राइवेसीको विषयमा अहिले चर्चामा रहेका छन् । यसैबिच मे २६ तारिखदेखि भारतमा सोसल मिडिया कम्पनीहरु प्रतिबन्धित हुन सक्ने चर्चाहरु आएका छन् ।

वास्तवमा गएको २५ फेब्रुअरीमा भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले नयाँ नियमहरू पालना गर्न आदेश दिँदै सो नियमहरु सोसल मिडिया प्लेटफर्महरुले तीन महिना भित्र पुरा गर्नुपर्ने भनेको थियो । र सो म्याद सकिएको छ र आज २६ मेदेखि नयाँ निर्देशन लागू हुनेछ ।

यसैबिच आगामी दुई दिनमा यी एप्समा प्रतिबन्ध लाग्ने अनुमान गरेर भारतीय मिडियाहरुले समाचार प्रकाशित गरेका छन् ।

केन्द्र सरकारले २५ फेब्रुअरी २०२१ मा भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयमार्फत डिजीटल कन्टेन्टको नियमनका लागि ३ महीना भित्र माण्डल कम्प्लायन्स अफिसर, नोडल अफिसर आदि नियुक्त गर्न भनिएको थियो र यसको लागि सबै कार्यक्षेत्र भारतमा हुनुपर्छ भनिएको थियो ।

सरकारद्वारा दिइएको आदेश अन्तर्गत कम्प्लायन्स अफिसरहरुको कार्यालय हुनुपर्छ र उनीहरुको नाम र सम्पर्क ठेगाना भारतमा हुनुपर्नेछ । त्यसैगरि गुनासो समाधान, आपत्तिजनक कन्टेटको निगरानी, ​​कम्प्लायन्स रिपोर्ट र आपत्तिजनक सामग्री हटाउने विषयहरु समावेश छन् ।

यो नयाँ नियम अन्तर्गत एक कमिटी समेत गठन गरिनेछ जसमा रक्षा, एक्सटर्नल अफेयर्स, गृह मन्त्रालय, सूचना प्रसारण मन्त्रालय, कानून, आईटी, वुमेन र चाइल्ड डेभलपमेन्ट मन्त्रालयका प्रतिनिधिहरु रहनेछन् । यस कमिटीसँग आचारसंहिताको उलंघनको गुनासोमा सुनुवाई गर्ने अधिकार हुनेछ ।

यद्यपि केही प्लेटफर्महरुले यसमा ६ महिनाको समय माग गरेका थिए भने कोहीले तिनीहरू अमेरिकामा रहेको मुख्यालयबाट निर्देशनहरूको प्रतीक्षा गरिरहेको बताएका थिए । भारतिय मिडिया स्रोतहरूलाई उल्लेख गरेर आएका रिपोर्टअनुसार यी कम्पनीहरूले भारतमा काम गरिरहेका छन् र भारतबाट नाफा कमाइरहेका छन् तर ग्रीन सिग्नललाई निर्देशनहरूको पालनाका लागि कुर्दै छन्।

स्रोतहरुका अनुसार यस्ता नियम पालना नगर्ने कम्पनीहरुको इंटरमीडियरी स्टेटस समाप्त हुनेछ र उनीहरुलाई अपराधिक कानूनमा कारबाही गर्न सकिने बताईएको छ ।

फेसबुकले भने भारतीय सरकारको नियम पालना गर्न प्रतिबद्ध रहेको बताएको छ । कम्पनीले ८०  वटा निर्देशनहरु पालना गर्न र सरकारसँग सहकार्य गर्न थप काम गर्ने उल्लेख गरेको छ । एजेन्सीहरु

TK Viber

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

Loading...