सफ्टवयरमा ध्यान केन्द्रित गर्न ह्वावेका संस्थापक रेन झेङफेइको सुझाव

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

सफ्टवयरमा ध्यान केन्द्रित गर्न ह्वावेका संस्थापक रेन झेङफेइको सुझाव

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेका संस्थापक रेन झेङफेइले आफ्नो आन्तरिक सर्कुलरमा कम्पनीले सफ्टवयरमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार अमेरिकाभन्दा आधारभूत रुपमा बढी स्वतन्त्र भएकाले आफ्नो टिमले सफ्टवयरको क्षेत्रमा ‘विश्वकै नेतृत्व’ गर्न सक्नुपर्ने बताएका हुन्।

ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएपछि पछिल्ला दुई वर्षमा ह्वावेको हार्डवयर सेगमेन्टमा नराम्ररी धक्का लागेपछि ह्वावे अब आफ्नो व्यापारमा विविधिकरण गर्नेतर्फ लाग्न थालेको बुझिन्छ।

ह्वावे अमेरिकाको एन्टिटी सूची अमेरिकी नागरिक र संस्थाले विशेष अनुमति नलिइ व्यापार साझेदारी गर्न नमिल्ने विदेशी कम्पनीहरु मा रहेको कम्पनी भएकाले यसले विश्व बजारमा रहेको आफ्नो हिस्सा उल्लेख्य मात्रमा गुमाउनु पर्यो।

यसबाहेक यसको फाइभजी नेटवर्क पनि विश्वका थुप्रै देशहरुमा अस्वीकार गरिन थालिएको छ।

कम्पनीले अहिले आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएसमा काम गरिरहेको छ र आफ्नो इकोसिस्टम विस्तारतिर लागेको छ।

ह्वावेले यसै वर्षको अन्त्यसम्ममा ३ अर्ब थान डिभाइसमा हार्मोनीओएस उपलब्ध गराउने महत्वाकांक्षी योजना पनि अघि सारेको छ।

easy care

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार