कोरोना संक्रमण तिब्र बढेसँगै दूरसञ्चार सेवा प्रदायकहरुको सवारी र आवतजावतमा पनि कडाई

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

कोरोना संक्रमण तिब्र बढेसँगै दूरसञ्चार सेवा प्रदायकहरुको सवारी र आवतजावतमा पनि कडाई

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ १४ गतेदेखि दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुको सवारी र आवतजावतमा पनि कडाई गर्ने भएको छ ।

प्रशासन कार्यालयले पछिल्लो दिनमा कोरोनाभाइरसको संक्रमण उच्च भएको भन्दै आज नयाँ आदेश जारी गरेर दूरसञ्चार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुका सवारी साधनलाई पनि आवतजावतमा कडाई गर्ने भएको हो ।

प्रशासनको आदेशअनुसार अत्यावश्यक सेवा अन्तरगत पर्ने दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले गर्ने मर्मत सम्भारको कार्यमा प्रयोग हुने यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्न दिने भएको छ ।

तर अर्कोतर्फ प्रशासनले सरकारी कार्यालय र सार्वजनिक स‌ंस्थान जस्तै इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलको नामै तोकेर कार्यालयमा आवतजावतका लागि निश्चित समयमा मात्र सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

आदेशअनुसार त्यस्ता कार्यालयका सवारी साधनहरु बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म तथा बेलुका ५ बजेदेखि ६ बजेसम्मको लागि आवतजावतका लागि मात्र प्रयोग गर्ने गरि व्यवस्था मिलाउने भएको छ ।

यसका साथै पत्रकारहरु तथा सञ्चारकर्मीहरुलाई भने सूचना विभागको प्रेस पासका आधारमा वा स‌ंस्थाको दर्ता भएको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवतजावत गर्न दिने भएको हो ।

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...