सामसङ ग्यालेक्सी ट्याब एस७ एफई जर्मनीमा सार्वजनिक, शुरुवाती मूल्य ६३९ यूरो

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

सामसङ ग्यालेक्सी ट्याब एस७ एफई जर्मनीमा सार्वजनिक, शुरुवाती मूल्य ६३९ यूरो

काठमाडौं ।

सामसङको धेरै पटक विवरण लीक भएको मध्यम स्तरको ट्याब्लेट जर्मनीमा आधिकारिक रुपमा सार्वजनिक भएको छ।

तर यसको नाम भने पहिले आकलन गरिएको जस्तो ग्यालेक्सी ट्याब एस७+ लाइट वा अरु केही नभएर सामसङ ग्यालेक्सी ट्याब एस७ एफई राखिएको छ।

यसमा १२.४ इन्चको २५६०x१६०० पिक्सेल रेजोल्युशनको एलसीडी स्क्रीन रहेको छ भने यसको रिफ्रेश रेट ६० हर्ज रहेको छ। यसबाहेक स्न्यापड्रागन ७५०जी एसओसी चिपसेट रहेको यस डिभाइसमा ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

फोटोका लागि पछाडि ८ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेलको क्यामरा राखिएको यो ट्याबमा ४५ वाट चार्जिङ सपोर्टसहितको १० हजार ९० एमएएचको विशाल ब्याट्री दिइएको छ।

यसमा एस पेन सँगै आउँछ भने ह्लिप स्टुडियो पेन्ट एप प्रि इन्स्टल गरिएको छ र यो छ महिना निशुल्क उपलब्ध हुने जनाइएको छ।

यसबाहक यसले सामसङ डिएक्स पनि सपोर्ट गर्छ।

यसलाई जर्मनीको सामसङको आधिकारिक अनलाइन स्टोरमा ६४९ यूरो मूल्य तोकेर बिक्रीका लागि राखिएको छ। कालो रसिल्भर रंगमा आउने यो ट्याब रिजर्भका लागि उपलब्ध रहेको बताइएको छ।

easy care

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार