चार्ली बिट माइ फिंगर नामक भिडियो एनएफटीको रुपमा करिब ९ करोड रुपैयाँमा बिक्री

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

चार्ली बिट माइ फिंगर नामक भिडियो एनएफटीको रुपमा करिब ९ करोड रुपैयाँमा बिक्री

भाइरल भिडियोहरु मध्ये एकको रूपमा, ‘चार्ली बिट माइ फिंगर’ क्लिप इन्टरनेट ईतिहासको सानो अंश हो। तर अब बच्चा चार्ली र उनको दाई ह्यारीको औंला टोकेको अत्यन्तै मनपर्दो क्लिप युट्युबबाट हटाइनेछ ।

सो करिब ५७ सेकेण्डको भिडियोलाई ७ लाख ६० हजार ९९९ अमेरिकी डलर अर्थात करिब ९ करोड रुपैयाँमा बिक्री गरेसँगै सो भिडियो हटाईने भएको हो ।

बेलायतमा बस्ने डेभिस-कार परिवारले सो क्लिपलाई एउटा नन फंजिबल टोकन (एनएफटी)को रूप मा लिलामी गरेका छन् । सो भिडियो अमेरिकामा बस्ने बालकहरुको हजुरआमालाई हेर्नका लागि पठाउन खिचिएको थियो ।

सो लिलामीको लागि बोलिहरू सप्ताहन्तभर लिलामी पृष्ठमा आईरह्यो तर आइतवारको अन्तिम घण्टामा मूल्य नाटकीय रूपमा बढेको थियो।

जसमा बिडिंग लडाई दुई अज्ञात एकाउन्टहरू बीच थियो।

थ्रीएफम्युजिकले अन्ततः भिडियोको लागि अधिक मूल्य तिरेको थियो जुन २००७ मा युट्यूबमा राखिए पछि ८८ करोड भन्दा बढी पटक हेरिएको छ।

क्लिपलाई लिलामी पछि मे २३ मा भिडियो साझेदारी प्लेटफर्मबाट औपचारिकरुपमा हटाइएको थियो ।तर अहिलेसम्म यो प्लेटफर्ममा नै रहेको देखिन्छ ।

एनएफटी भनेको प्रमाणपत्रको जस्तै हो जसले तपाईसँग डिजिटल केहि छ भनेर जानकारी दिन्छ । यसको मतलब भाइरल भिडियोहरू, मिम्स वा ट्वीटहरूको सक्कली संस्करणहरू बेच्न सकिन्छ यदि तिनीहरू कला हुन भने । यो भाइरल क्लिपको स्वामित्व लिनेहरूको लागि आकर्षक व्यवसाय हो।

यसअघि ‘डिजास्टर गर्ल मिम’ नामक तस्वीर जहाँ पृष्ठभूमिमा आगोले मुस्कुराइरहेको एउटी सानी केटीको तस्वीर – हालसालै एनएफटीको रूपमा ४ लाख ७३ हजार डलरमा बिक्री भएको थियो।

त्यसैगरि ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट पनि एनएफटीको रुपमा बिक्री भएको थियो । एजेन्सी

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...