ह्वावेले हार्मोनीओएस लाइभस्ट्रिम इभेन्ट जुन २ तारिखका लागि सार्यो

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

ह्वावेले हार्मोनीओएस लाइभस्ट्रिम इभेन्ट जुन २ तारिखका लागि सार्यो

ह्वावेले छिट्टै आफ्ना विभिन्न उत्पादनहरुमा ईएमयूआई रिब्रान्डिङ गरेर हार्मोनीओएस उपलब्ध गराउने भएको छ। यो नयाँ ओएस आगामी जुन २ तारिख स्थानीय समयअनुसार साँझ ८ बजे हुने लाइभस्ट्रिम हुने कार्यक्रममार्फत् सार्वजनिक गरिने भएको छ।

कम्पनीले हालै आफ्नो आधिकारिक वेबो ह्याण्डलमा एउटा टिजर भिडियो पनि अपलोड गरेको छ। उक्त भिडियोमा हार्मोनीओएस बुट भइरहेको र हार्मोनीओएसको लोगोभन्दा अगाडि ह्वावेको लोगो देखिन्छ।

उक्त टिजर भिडियोको अन्त्यमा हार्मोनीओएस जुन २ मा सार्वजनिक हुने र उक्त दिन कुनै नयाँ उत्पादन सार्वजनिक हुने नोट लेखिएको छ। यो डिभाइस ह्वावे मेटप्याड२ हुनसक्ने आकलन गरिएको छ किनकि हार्मोनीओएस राखेर आउने पहिलो डिभाइस यही हुने बताइएको थियो।

कम्पनीले यसअघि यस वर्षको अन्त्यसम्ममा हार्मोनीओएसयुक्त डिभाइसको संख्या ३ अर्ब पुर्याउने र तिनीहरुमध्ये एक तिहाइ फ्याक्ट्रीबाटै यो ओएस राखेर पठाइएका नयाँ डिभाइस हुने पनि बताएको थियो।

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...