एन्ड्रोइड प्लेटफर्ममा आएको एक हप्ताभित्रै क्लबहाउस एप १० लाख भन्दा धेरै डाउनलोड

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

एन्ड्रोइड प्लेटफर्ममा आएको एक हप्ताभित्रै क्लबहाउस एप १० लाख भन्दा धेरै डाउनलोड

अडियो च्याटिङ्ग एप क्लबहाउस एन्ड्रोइड एप प्लेटफर्ममा सुरू भएको एक हप्ता भन्दा कम समयभित्र गुगल प्ले स्टोरमा दश लाख डाउनलोडमा पुगेको छ।

आमन्त्रितलाई मात्र सहभागी गराउने सामाजिक अडियो एप शुरुवाती चरणमा आईफोनको लागि मात्र मार्च २०२० मा सार्वजनिक गरिएको थियो र एप्पलको एप स्टोरमा १ करोड भन्दा बढी डाउनलोडहरू प्राप्त गरिसकेको छ।

टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्क र फेसबुकका को-फाउन्डर मार्क जुकरबर्ग जस्ता उद्योगका नेतृत्वहरूको समर्थन पाएपछि अडियो सोशल नेटवर्किङ्ग एपले टेक संसारमा ठूलो लोकप्रियता कमायो।

क्लबहाउसले बताएअनुसार भर्खरै यसको एन्ड्रोइड एपमा भुक्तानी फिचर सुविधा उपलब्ध गराउने विषयमा पनि काम गरिरहेको थियो।

आमन्त्रितलाई मात्र सहभागी गराउने सोसल अडियो एप एन्ड्रोइड एपमा मे २१ मा अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भएको थियो । क्लबहाउसको लागी एन्ड्रोइड एपले गुगल प्ले स्टोरमा दश लाख डाउनलोड पार गरी सकेको छ। यो एन्ड्रोइड ८.० वा त्यस पछाडि चलिरहेका डिभाइसहरुमा मात्र प्रयोग गर्न सकिन्छ ।

यद्यपि एप अब दुबै एन्ड्रोइड र आईओएस मोबाइल प्लेटफार्महरूमा उपलब्ध छ, तरपनि अझै नयाँ प्रयोगकर्ताहरूलाई हालका अवस्थित प्रयोगकर्ताबाट आमन्त्रण प्राप्त गरेपछि मात्र पहुँच प्राप्त गर्न सकिनेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...