Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ।
हालै भारतमा वनप्लसले आफ्नो ४०वाई१ मोडलको स्मार्ट टीभी सार्वजनिक गरेको छ। १९२०x१०८० पिक्सेल रेजोल्युशनयुक्त यो टीभीको डिस्प्ले ४३ इन्चको एलईडी रहेको छ।
एन्ड्रोइड टीभी ९.० अपरेटिङ सिस्टममा चल्ने यो स्मार्ट टीभीले क्रोमकास्ट र वनप्लसकै अक्सिजनप्ले पनि सपोर्ट गर्छ।
यस टीभीमा एआरएम कर्टेक्स ए५३ क्वाडकोर चिपसेट राखिएको छ भने माली-४७०एमपी३ जीपीयू दिइएको छ। र्याम १ जीबी भएको यस स्मार्ट टीभीमा आन्तरिक स्टोरेज भने ८ जीबी दिइएको छ।
यसबाहेक इनपुट आउटपुटका लागि दुई ओटा एचडीएमआई पोर्ट, दुई ओटा यूएसबी पोर्ट, एउटा इथरनेट र एउटा अप्टिकल इनपुट रहेका छन्।
भारतमा आगामी मे २६देखि बिक्री शुरु हुने यो टीभीको शुरुवाती मूल्य मे २९ सम्मका लागि ३०० डलर तोकिएको छ भने त्यसपछि ३३० डलर हुने बताइएको छ।
प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार