वनप्लस ७ तथा ७ प्रोमा अक्सिजनओएस ११.०.१.१ उपलब्ध, देखिएका समस्या सुल्झिने

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

वनप्लस ७ तथा ७ प्रोमा अक्सिजनओएस ११.०.१.१ उपलब्ध, देखिएका समस्या सुल्झिने
NTC_Advt

केही समयअघि एन्ड्रोइड ११ मा आधारित अक्सिजनओएस ११ अपडेट गरेपछि वनप्लसका ७ र ७ प्रो गरी थुप्रै सेटमा समस्या आएको थियो।

त्यसैले कम्पनीले हालै अक्सिजनओएसको ११.०.१.१ भर्सन अपडेटका लागि उपलब्ध गराउने भएको छ।

यस अपडेटपछि हुने सबैभन्दा महत्वपूर्ण समस्याको समाधान कनेक्टिभिटीसँग सम्बन्धित हुनेछ। यस अपडेटपछि यी स्मार्टफोनमा रहेका गुगल एफआई सिमको समस्या हटेको छ भने फोरजी र वाइफाइको प्रदर्शन क्षमतामा पनि उल्लेख्य सुधार आएको छ।

यसबाहेक फोनमा रहेका क्यामरा, ग्यालरी एप र शेल्फ पनि अपडेट भएका छन्। यी सबै समस्या वनप्लसका ७ र ७ प्रो सिरिजका ग्राहकले एन्ड्रोइड ११ मा आधारित अक्सिजनओएस अपडेटपछि देखा परेको प्रयोगकर्ताले गुनासो गरेका थिए।

अघिल्लो अपडेटमार्फत् आएका सुरक्षाका समस्या समाधानका लागि गुगल सेक्युरीटी प्याचको २०२१ मे भर्सन उपलब्ध गराइने भएको छ।

TK Viber

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

Loading...