आवाजरहित द्रुत व्यापारिक जेट बनाउने योजना बनाएको एरियन सुपरसोनिक कम्पनी बन्द

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

आवाजरहित द्रुत व्यापारिक जेट बनाउने योजना बनाएको एरियन सुपरसोनिक कम्पनी बन्द

अमेरिकामा रहेको आवाजरहित व्यापारिक जेट बनाउने योजनामा रहेको एरसयन सुपरसोनिक कम्पनी बन्द भएको छ। फ्लोरिडा टुडेमा पहिलोपटक आएको

खबरमा बोइङ कम्पनीको लगानी रहेको उक्त कम्पनीले योजनाअनुरुपको एएस२ सुपरसोनिक जेट निर्माण गर्दा आफ्नो लगानी नउठ्ने आकलन गर्दै सञ्चालन बन्द गर्न लागेको हो।

प्रस्तावित एएस२ सुपरसोनिक व्यापारिक जेट कार्यक्रमले बजार, नियामक तथा दिगोपनाको सबै आवश्यकता पूरा गरेको र सामान्य उड्डयनको सुपरसोनिक सेगमेन्ट बन्न तयार रहेकोले यसको बिक्री मूल्य ११.२ अर्ब डलर तोकिएको कम्पनीले जनाएको छ।

यस सम्बन्धमा कम्पनीका सीईओ टम भाइसले गत वर्ष जनवरीमा एएस२ को कम्पनी विकासका लागि ४ अर्ब डलर लाग्ने बताएका थिए। त्यति बेला उक्त जेटको इन्जिन बनाउन कम्पनीले १ अर्ब डलर खर्च गरिसकेको थियो।

गत वर्ष अप्रिलमा फ्लोरिडाका गभर्नर रन डेसान्टिसले एरयनले आफ्नो मुख्यालय नेभादाको रेनोबाट सारेर फ्लोरिडाको मेलबर्न अन्तरराष्ट्रिय विमानस्थल नजिक बन्ने प्लान्टमा जान लागेको घोषणा गरेका थिए।

यसै वर्षको शुरुवातमा एरियनले विशेष परिस्थिति स्वामित्व अधिग्रहण अन्तरगत शेयर जारी गर्ने बताए पनि सफल भएको थिएन।

कम्पनीको एएस२ ले प्रतिघण्टा १ हजार किलोमिटर यात्रा गर्ने र यसले जेटको जस्तो आवाज ननिकाल्ने बताइएको थियो। कम्पनीले पहिलो सुपरसोनिक जेट २०२४ मा उडाएर २०२६ सम्ममा व्यापारिक उडान गरिसक्ने योजना बनाएको थियो।

TK Viber

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

Loading...