रेडमीले नोट ८ को २०२१ भर्सन ल्याउने, नयाँ डिजाइन बाहिरियो

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

रेडमीले नोट ८ को २०२१ भर्सन ल्याउने, नयाँ डिजाइन बाहिरियो

केही दिनअघि शाओमीको अर्को ब्रान्ड रेडमीले विश्वभरमा २ करोड ५० लाख थान नोट ८ बिक्री गरेको तथ्याङ्क सार्वजनिक गर्यो।

यसै खुसियालीमा चिनियाँ स्मार्टफोन कम्पनीले २०२१ भर्सनमा नयाँ नोट ८ निकाल्ने घोषणा गर्यो। कम्पनीले उक्त नयाँ भर्सनको सार्वजनिक हुने आधिकारिक मिति तोकिनसकेको भए पनि ट्वीटरमा यसको डिजाइनको झलक भने पोस्ट गरेको छ।

रेडमीले आधिकारिक रुपमै शेयर गरेको पोस्टमा नोट ८-२०२१ सिमकार्ड स्लट बायाँ साइडमा राखिदएको देखिन्छ।

यसमा ६.३ इन्चको फुल एचडी डिस्प्ले तथा मिडियाटेकको हिलियो जी८५ चिपसेट रहनेछ। यसको पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ। यसबाहेक म्याक्रो र डेप्थ २-२ मेगापिक्सेल तथा ८ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहने बताइएको छ।

यसमा फिगरप्रिन्ट स्क्यानर पछाडिपट्टि राखिएको छ भने यो दुई रंगमा उपलब्ध हुनेछ।

TK Viber

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

Loading...