भिभोको नयाँ वायरलेस ईयरफोन टिडब्लूएस २ सिरिजमा, यस्तो छ विशेषताहरु

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

भिभोको नयाँ वायरलेस ईयरफोन टिडब्लूएस २ सिरिजमा, यस्तो छ विशेषताहरु

काठमाडौं ।

भिभोले आफ्नो नयाँ वायरलेस ईयरफोन टिडब्लूएस २ (TWS 2) र टिडब्लूएस २इ (TWS 2e)  लन्च गर्यो। यी दुबै ईयरफोनहरु चीनमा सार्वजनिक गरिएको छ, र यी ईयरफोन प्री-अर्डरको लागी उपलब्ध छन्।

यी ईयरफोनहरूमा क्वालकम अप्ट्याक्स एडाप्टिभ ब्लुटुथ कोडेक पनि समर्थित छ। टिडब्लूएस २ ईयरफोन एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी) को साथ आउँछ। टिडब्लूएस २ ताररहित ईयरफोन स्टार्स निलो र सेतो रंगको विकल्पमा उपलब्ध छन्।

अहिले यी इयरफोनहरू चीनमा मात्र उपलब्ध गराईएको छ र अन्य देशहरूमा यसको उपलब्धता सम्बन्धी जानकारी अहिले सम्म सेयर गरिएको छैन।

भिभोको टीडब्ल्यूएस २ को मूल्य ४९९ चिनियाँ युआन तोकिएको छ । त्यसैगरि सीएनवाई २टीडब्ल्यूएस २ ई को मूल्य २९९ यूआन रहेको छ । भिभोको आधिकारिक वेबसाइट र अनलाइन स्टोरबाट ग्राहकहरूले यी वायरलेस ईयरफोनहरू प्रि-अर्डर गर्न सक्दछन्।

भिभोको टीडब्ल्यूएस २ मा एएनसी सपोर्ट, क्वालकम एपिटिएक्स एडाप्टिभ ब्लुटुथ कोडेक ब्लुटुथ ५.२ भर्सनको सपोर्ट छ । यस इयरफोनमा एसबीसी र एएसी ब्लुटुथ कोडेक सपोर्ट पनि प्रदान गरिएको छ । यस भित्र, १२.२ मिमी डाइनामिक ड्राइभरहरू प्रदान गरिएको छ । यसमा लो-लेटेन्सी मोड छ, जसले ८८ मिलिसेकेण्डको डिले रेस्पोन्स दिन सक्छ।

कम्पनीको दाबीअनुसार यस इयरफोनले पूर्ण चार्जमा ८ घण्टाको ब्याट्री ब्याकअप प्रदान गर्दछ, जबकि चार्जिंग केसको साथ यो इयरफोनले ३० घण्टाको ब्याट्री लाइफ दिन सक्छ।

टीडब्ल्यूएस २इ मा भने यी फिचरहरु छैनन् । यसको लो-लेटेन्सी मोडले १७७ मिलिसेकेण्डको डिले रेस्पोन्स दिन सक्छ।

कम्पनीको दाबीअनुसार यी इयरफोनले पूर्ण चार्जमा ७.६ घण्टाको ब्याट्री ब्याकअप प्रदान गर्दछ, जबकि चार्जिंग केसको साथ यो इयरफोनले २७ घण्टाको ब्याट्री लाइफ दिन सक्छ।

Global Bank
easy care

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

ताजा समाचार