अनलाइनमार्फत दिने सेवामा समस्या भए जानकारी गराउन वैदेशिक रोजगार विभागको आग्रह

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

अनलाइनमार्फत दिने सेवामा समस्या भए जानकारी गराउन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं ।

वैदेशिक रोजगार विभागले कार्यालयबाट अनलाइनमार्फत प्रदान गरिने सेवामा कुनै समस्या रहेको भए विभागमा जानकारी दिन आग्रह गरेको छ ।

विभागअन्तर्गतको श्रम कार्यालय ताहाचलले सूचनामार्फत अनलाइनबाट लिने सेवामा समस्या भएमा कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा सम्पर्क आग्रह गरेको हो ।

सूचनामार्फत अनलाइनबाट पुनः स्वीकृति लिने काम भइरहेको र केही अवरोध वा बाधा भएमा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन कुनै अप्ठ्यारो वा थप जानकारी चाहिएमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा शाखा अधिकृत शालिकराम फुयाँललाई ९८७२६२७७८३ मा र माधवराज पाण्डेलाई ९८४१३१०३२३ मा र कम्प्युटर इन्जिनियर अर्जुन यादवलाई ९८४११४९३८० मा सम्पर्क गर्न सकिने कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

हाल अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरेको छ ।

easy care

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार