स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध
Classic Tech

स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो ।

जसको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गर्नको लागि साझेदारी सम्झौता भएको छ ।

यस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तिय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएस मार्फत् एससीबीएनएलमा रहेको खातामा अन्लाईन फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पुर्याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

प्रारम्भिक चरणको कार्यान्वयनमा, कुनै पनि कनेक्ट आईपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले (यसको वेब वा मोबाइल एप्स् वा एनपीआई वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स इन्टरनेट बैंकिङ्गबाट) स्ट्याण्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन् । यसले एससीबीएनएलका ग्राहकहरूलाई कनेक्ट आईपीएस मार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आवद्घ गर्न सहज हुनेछ ।

दोस्रो चरणमा, एनपीआईका सेवाहरूलाई एससीबीएनएलका एसटूबी र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तरण गर्न सक्नेछन् । त्यसै गरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै आईपीएस प्लेटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउनेछ ।

आईपीएस र एनपीआई एनसीएचएलले नेपालमा रियल टाईम भुक्तानी प्रणालीको एक प्ल्याटफर्मको रूपमा प्रदान गरेको छ, जुन हाल ५३ भन्दा बढी बैंक र वित्तीय संस्थाहरूले कनेक्ट आईपीएसको आफ्नो च्यानल र बैंकका आफ्ना च्यानलहरूमा (मोबाइल र इन्टरनेट बैंकिङ्ग) फण्ड ट्रान्स्फर र अन्य सेवा भुक्तानीको लागि प्रयोग गर्दै आएका छन् ।

TK Viber

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

Loading...