४८ मेगापिक्सेलको क्यामरायुक्त कूल २० स्मार्टफोन ल्याउँदै कूलप्याड

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

४८ मेगापिक्सेलको क्यामरायुक्त कूल २० स्मार्टफोन ल्याउँदै कूलप्याड
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी कूलप्याडले ४८ मेगापिक्सेलको क्यामरायुक्त कूलप्याड कूल २० स्मार्टफोन ल्याउने भएको छ। मुख्य बजार चीन र भारत रहेरको कम्पनीले आइतबार आफ्नो आउँदै गरेको स्मार्टफोनको झलक प्रस्तुत गरेको छ।

यो स्मार्टफोन गत वर्ष सार्वजनिक भएको कूल १० पछिको पहिलो हो भने यसको सार्वजनिक हुने आधिकारिक मिति, डिजाइन तथा मुख्य स्पेसिफिकेशन कम्पनीले नै जानकारी दिएको हो।

कम्पनीले आगामी मे २५ मा चीनमा सार्वजनिक हुने मिति तोकेर आइतबार केही फोटो शेयर गरेको छ जस अनुसार यसको पछाडि ग्लास प्यानल लगाइएको छ भने डुअल क्यामरा सेटअप दिइएको छ।

गत वर्ष आएको कूल १० मा ६.५७ इन्चको आईपीएस एलसीडी प्यानल प्रयोग गरिएको थियो भने यसमा एचडी+ रेजोल्युशन दिइएको थियो। यसको रिफ्रेश रेट पनि खासै उल्लेख्य थिएन।

कूल १० मा १६ मेगापिक्सेलको मुख्य क्यामरा तथा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा लगाइएको थियो।

यस्तै यसमा मिडियाटेकको हिलियो पी३० चिपसेट र ५००० एमएएच क्षमताको ब्याट्री राखिएको थियो। कूल २० कूल १० कै स्पेशसिफिकेशन लाई अपग्रेड गरेर आउने आकलन गरिएङ्काले कूल १० का यी स्पेसिफिकेशनका आधारमा डिस्प्ले कमसेकम फुल एचडी+ हुने अपेक्षा गरिएको छ भने क्यामराका हकमा १६ बाट सोझै ४८ मेगापिक्सेलमा पुगेको प्रस्ट भएको छ।

यसबाहेक चिपसेट पनि हिलियो पी३० भन्दा केही सुधार हुने अपेक्षा गरिएको छ।

Sajilo Visa

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार