निर्वाचन निष्पक्ष गराउन सिसी क्यामरा र ड्रोन प्रविधि प्रयोग गर्ने प्रधानमन्त्री ओलीको भनाई

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

निर्वाचन निष्पक्ष गराउन सिसी क्यामरा र ड्रोन प्रविधि प्रयोग गर्ने प्रधानमन्त्री ओलीको भनाई
Classic Tech

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा क्लोज सर्किट क्यामरा र ड्रोन प्रविधिको प्रयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँगको अन्तर्क्रियामा आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने भन्दै सिसी क्यामरा र ड्रोनबाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे ।

‘मेरो नेतृत्वमा शान्तिपूर्ण, स्वतन्त्र निष्पक्ष निर्वाचन हुनेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु बोलाएर सामेल गरेर गरिनेछ । आज सिसी क्यामराको जमाना हो । क्यामरामात्र हैन सिसी क्यामराहरु जडान गरिनेछ । आज ड्रोनको समय हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले यही सरकारलाई राष्ट्रिय सरकारको रुपमा चुनाव गराउन सकिने पनि बताए ।

TK Viber

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

Loading...