ह्वाट्सएपले छिट्टै च्याट हिस्ट्री अर्को फोन नम्बरमा सार्न अनुमति दिने

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

ह्वाट्सएपले छिट्टै च्याट हिस्ट्री अर्को फोन नम्बरमा सार्न अनुमति दिने

काठमाडौं ।

अहिलेसम्म ह्वाट्सएपले च्याट हिस्ट्री सिंक गर्ने कुरामा केही कडा रुपमा प्रस्तुत हुँदै आएको छ। यसले अहिलेसम्म एउटा एकाउन्टलाई भन्दा पनि एउटै फोन नम्बरलाई मात्र इजाजत दिने गरेको थियो।

हालै एउटा भरपर्दो स्रोतले छिट्टै ह्वाट्सएपले अर्को नम्बरमा च्याट हिस्ट्री सार्ने अनुमति दिने खुलासा गरेको हो।

ह्वाट्सएप डेभलपर टोलीले छिट्टै नै च्याट हिस्ट्री अर्को नम्बरमा सार्न मिल्नेबारेमा जानकारी दिने बताइएको छ। यस्तोमा दुई ओटा नम्बर चलाउने वा नम्बर परिवर्तन गर्न चाहनेहरुका लागि ज्यादै उपयोगी हुने बुझिएको छ।

हाल अहिलेसम्म अर्को अपरेटिङ सिस्टममा च्याट हिस्ट्री सार्न नमिल्ने भएकाले कम्पनीले क्रस प्लेटफर्म सिंकमा पनि काम गरिरहेको बताइएको छ।

यो फिचर कहिलेदेखि लागू हुने भन्ने यकित नभए पनि छिट्टै लागू हुने अपेक्षा गरिएङ्को छ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार