अनलाइनबाट स्नातक तह प्रथम वर्षको फर्म भर्न र पैसा तिर्न त्रिभुवन विश्वविद्यालयको सूचना

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

अनलाइनबाट स्नातक तह प्रथम वर्षको फर्म भर्न र पैसा तिर्न त्रिभुवन विश्वविद्यालयको सूचना
Classic Tech

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अब अनलाइनबाटै भर्न सकिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। अनलाइन फारम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा गएर ‘अनलाइन फर्म’ मा क्लिक गरी प्राप्त निर्देशन अनुसार भर्न सकिनेछ ।

‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको आवेदन जेठ १२ गतेबाट २० गतेसम्म अनलाइनबाट परीक्षार्थी स्वयंले भर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि क्याम्पस र परीक्षार्थीबाट भरिएका सम्पूर्ण फारामहरु क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी २०७८ जेठ २३ सम्म इन्ट्री गरिसक्नु पर्ने विश्वविद्यालयले उल्लेख गरेको छ ।

अनलाइन फाराम www.tuexam.edu.np मा गएर अनलाइन फर्ममा क्लिक गरी दिएको निर्देशन अनुसार भर्न सकिनेछ।

जेठ २४ पछि सात दिनका लागि वेबसाइट बन्द गरिनेछ र असार १ देखि ७ गतेसम्म दोब्बर दस्तुर बुझाई फारम भर्न सकिने लागि रहने विश्वविद्यालयले जनाएको छ।

TK Viber

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

Loading...