अन्तरमहादेशीय यात्राका लागि अन्तरिक्षयान नेटवर्क बनाउँदै जापान, २०४० सम्ममा तयार हुने

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

अन्तरमहादेशीय यात्राका लागि अन्तरिक्षयान नेटवर्क बनाउँदै जापान, २०४० सम्ममा तयार हुने

काठमाडौं ।

हालै जापान सरकारले अन्तरदेशीय यात्रुवाहक अन्तरिक्षयान नेटवर्क बनाउन निजी कम्पनीहरुसँग साझेदारी गरेको जनाएको छ। यस्ता कम्पनीहरुको साझेदारीमा बन्ने नेटवर्कबाट विश्वका मुख्य शहरहरुमा २ घण्टा वा त्योभन्दा कम समयमै यात्रा गर्न सकिन् पनि जनाइएको छ।

मे १२ का दिन जापानको शिक्षा, संस्कृति, खेलकुद तथा विज्ञान-प्रविधि मन्त्रलायले उक्त परियोजनका बारेमा जानकारी गराएको र यस अनुसार आगामी सन् २०४० सम्ममा यो लक्ष्य पूरा गरिसकिनेछ।

यसबाहेक मन्त्रालयले अन्तरिक्षयानको बजार सन् २०४० सम्ममा ४६ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको जापानी सञ्चारमाध्यम द माइनिचीले जनाएको छ। द माइनिचीको रिपोर्टमा मन्त्रालयले आफ्नो उक्त महत्वाकांक्षी अन्तरिक्षयान कार्यक्रमको प्रारम्भिक रोडम्याप पनि तयार गरेको छ।

दुई चरणमा काम हुनेछ

पहिलो चरणमा जापानले आफ्नो जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सीको एच३ रकेटमा चाहिने आवश्यक पार्टपुर्जा पुन:प्रयोग गरेर यसको लागत ४ करोड ६० लाख डलरबाट आधा अर्थात् २ करोड ३० लाख डलरमा झार्ने योजना छ।

अर्को चरणमा भने सन् २०३० भित्रमा उसले एच३ रकेटको अर्को भर्सन प्रक्षेपण गरिसक्नेछ। सन् २०४० को दशकको शुरुवातभित्र परियोजनाको लागत अर्को १० प्रतिशतले घटाउने तालिका रहेको मन्त्रालयले जनाएको छ।

यस्ता नेटवर्कले यात्रुलाई एक शहरबाट अर्कोमा लैजाने भएकाले यसमा निजी क्षेत्रको सहभागिता पनि आवश्यक हुने बुझिएको छ। यस्ता निझी क्षेत्रका कम्पनीले अन्तरिक्षयानको विकास गर्ने तथा अन्तरिक्ष र पृथ्वीमा ओहोरदोहओर गर्न सक्ने खालका हुनुपर्नेछ।

यस्ता हुनेछन् अन्तरिक्षयान

मन्त्रालयले दुई प्रकारका अन्तरिक्षयानको परिकल्पना गरेको छ- पहिलो हवाइजहाज जस्तो जसले रनवेमै उडान र अवतरण गर्न सकुन्, अनि दोस्रो रकेटजस्तै तलबाट माथि र मातिबाट तल उडान र अवतरण गर्न सकुन्।

आफ्नो अनुसन्धानमा मन्त्रालयले आगामी दिनमा यस्ता अन्तरिक्षयान नेटवर्कको माग अत्यधिक बढ्ने निष्कर्ष पनि निकालेको छ।

जापानले आधिकिक रुपमा यस प्रकारको विमानका लागि रोडम्याप बनाएको यो पहिलो पटक हो भने स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०१७ मै पृथ्वीमै लामो दूरी यात्राका लागि अन्तरग्रह रकेट प्रणालीका बारेमा बताइसकेका थिए।

easy care

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार