भर्जिन ग्याल्याक्टिकको स्पेसप्लेन भीएसएस यूनिटीको सफल उडान पूरा

Technology Khabar ९ जेष्ठ २०७८, आईतवार

भर्जिन ग्याल्याक्टिकको स्पेसप्लेन भीएसएस यूनिटीको सफल उडान पूरा

काठमाडौं ।

रिचर्ड ब्रानसनको भर्जिन ग्याल्याटिकले दुई वर्ष भन्दा बढीसमयपछि आफ्नो पहिलो सफल अन्तरिक्ष उडान शनिबार पूरा गरेको छ ।

यसको क्रू भीएसएस युनिटी अन्तरिक्ष यानलाई तय भएको ४४,००० फिट भन्दा उचाइमा यसको क्यारियर एयर क्राफ्ट ‘भीएमएस इभ’ले सुरक्षित रूपमा पुर्याएको थियो । त्यसपछि सो अन्तरिक्ष यानले आफ्नो रकेट इन्जिन फायर गर्दै आवाज भन्दा तीन गुणा छिटो अन्तरिक्षमा उडान भरेको थियो ।

यसले न्यू मेक्सिकोलाई पहिलो स्पेसफ्लाइटको रुपमा चिन्हित समेत गराएको छ। जसले यसलाई अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने तेस्रो अमेरिकी राज्य बनायो। न्यू मेक्सिकोको राज्यको जिया सूर्य प्रतीक चिन्ह स्पेससिपको बाहिरी भागमा प्रदर्शन गरिएको थियो।

भर्जिनको मएस ईभ वाहक विमान न्यू मेक्सिकोको स्पेसपोर्ट अमेरिकाबाट स्थानिय समयअनुसार बिहान १०ः३५ मा युनिटीलाई लिएर उडान भरेको थियो । यसको रिलीज भन्दा करीव १० मिनेट पहिले, युनिटीले आफ्नै ब्याट्री पावरमा स्विच गर्‍यो, र उडान नियन्त्रण र विद्युतीय जाँचहरू सञ्चालन गर्‍यो। इभले एकपटक रिलिज गरिसकेपछि, युनिटीका पायलटहरू सी जे स्टर्को र डेव म्याकेले रकेट मोटर फायर गरे, त्यसपछि केही मिनेट पछि यसलाई बन्द गरेका थिए र अन्तरिक्षयानको गतिले यसलाई आफ्नो अपोजी वा उच्च पोइन्टमा पुगे ।

इभबाट रिलिज भएपछि युनिटी माच ३ को गतिमा पुगेको थियो र ५५।४५ माईलको उचाईमा अन्तरिक्षमा पुग्यो। त्यसपछि यसले बिस्तारै ढिलो मोडियो र फेरि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो ।

यसले उडान भरेको स्थानमा नै सफल अवतरण गरेको थियो ।

भर्जिन ग्याल्याटिकका सिईओले यो कार्य सहजरुपमा भएको बताएका छन् ।

भर्जिन ग्याल्याटिकको अन्तरिक्ष यान युनिटी दुई पाइलटहरूको साथमा उडान भर्नेछ र यसमा ६ जना यात्रु राख्नेगरि डिजाइन गरिएको छ। कम्पनीसँग भविष्यका उडानहरूमा टिकटका लागि करिब ६०० रिजर्भेसनहरू छन् । जसको मूल्य २ लाख डलरदेखि २ लाख ५० हजार डलर बिचमा रहेको छ ।

यसअघि कम्पनीले सन् २०१८र २०१९ मा पहिलो दुई उडान भरिसकेको छ र तेस्रो उडान हाल सफल भएको छ ।

भर्जिन ग्याल्याटिक अर्बपति व्यवसायी रिचार्ड रिचर्ड ब्रानसनले स्थापना गरेका हुन् ।

Global Bank
easy care

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

ताजा समाचार