ह्वावेले भन्यो- नेपालमा फाइभजी सेवा शुरु गर्न थप अध्ययन र अनुसन्धान गरिनुपर्छ

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

ह्वावेले भन्यो- नेपालमा फाइभजी सेवा शुरु गर्न थप अध्ययन र अनुसन्धान गरिनुपर्छ

काठमाडौं ।

ह्वावे टेक्नोलोजीले नेपालमा फाइभजी सेवा शुरु गर्नको लागि थप अध्ययन र अनुसन्धान हुनुपर्ने बताएको छ । ह्वावेले आज आयोजना गरेको भर्चुअल डार्बिन हल भिजिट कार्यक्रममा ह्वावेले नेपालले फाइभजी सेवा र प्रविधिमा दक्षिण एशियामा नै नेतृत्व गर्न सक्ने बताएको हो ।

सो कार्यक्रममा बोल्दै ह्वावे नेपालका प्रतिनिधि इभानले नेपालले फाइभजी सेवा परीक्षण गर्ने तयारी गरिरहेको बेलामा थप अध्ययन र अनुसन्धान गरिनुपर्ने बताए ।

‘नेपालले फाइभजी सेवाको लागि धेरै काम गर्नुपर्नेछ । जसमा स्पेक्ट्रम, प्रविधि, रोडम्याप र नियम कानूनलगायतका विषयहरुमा सरकार र कम्पनीहरुले अझै अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ इभानले भने ।

उनले अझैपनि नेपालको भौगोलिक विविधताका कारण फोरजी रोलआउट भएपनि दुर्गम भेगका सेवाग्राहीहरुले सेवामा समस्या भएको गुनासो गरिरहेको बेलामा फाइभजीलाई देशभर पुर्याउन धेरै अध्ययन र योजना तयार पारिनुपर्ने बताए । त्यसैगरि उनले यसको लागि ह्वावेले सबैसँग मिलेर काम गर्ने बताए ।

कार्यक्रममा ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष जे चेनले नेपाल र बंगलादेशले विश्वव्यापी डिजिटलाइजेसनको प्रकृयामा योगदान दिनसक्ने बताए । उनले डिजिटलाइजेशन नजिक आईसकेको भन्दै यसको लागि सबै देशहरु तयार हुनुपर्ने स्पष्ट पारे ।

‘ह्वावेले यस वास्तविक जिम्मेवारी लिन र राष्ट्रहरूलाई अत्याधुनिक टेक्नोलोजीको लागि सहायता प्रदान गर्ने, एक प्रविधिमा आधारित भएर संचालित विकासको एक स्तरबाट अर्को चरणमा लगातार र निर्बाध संक्रमणको लागि आफ्नो अधिकत लिमिटमा काम गरिरहेको छ,’ चेनले भने ।

कम्पनीले नेपाल र बंगलादेशका पत्रकारहरुलाई सो कार्यक्रममा संयुक्तरुपमा सहभागी गराएको थियो ।

अवलोकनमा फाइभजीमा आधारित स्मार्ट सिटी सलुसन, स्मार्ट पोर्ट स्मार्ट पुलिस फाइभजीको स्टेशन तथा टावरहरु स्मार्ट म्यानुफ्याक्चरिङ्ग अल्ट्रा फास्ट प्राइभेट लेन लगायतका विषयहरुको विशेषता र फाइदाहरुको बारेमा पत्रकारहरुलाई जानकारी दिईयो ।

कम्पनीले आगामी दिनमा नेपालसहित विश्वभरका उपभोक्ताहरुसँग नजिकमा रहेर काम गर्ने जनाएको छ । कम्पनीले हाल ५९ देशहरुमा ५जी नेटवर्कमा काम गरिरहेको जनाएको छ ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

ताजा समाचार