अगुमेन्टेड रियालिटी ग्लासको सामग्री बनाउने कम्पनी वेभअप्टिक्सलाई स्न्यापले किन्यो

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

अगुमेन्टेड रियालिटी ग्लासको सामग्री बनाउने कम्पनी वेभअप्टिक्सलाई स्न्यापले किन्यो
Classic Tech

अग्मेटेड रियालिटी ग्लासहरूमा प्रयोग हुने लेन्सहरु तथा अन्य पार्टहरु निर्माण गर्ने कम्पनी वेभअप्टिक्स(WaveOptics)लाई स्न्यापले किनेको छ।

यस अधिग्रहणले स्न्यापलाई मानिसहरुले लगाउन सक्ने चश्मा बनाउनको लागि कम्पोनेन्टहरु उपलब्ध गराउनेछ । जून लगाएपछि वास्तविक तस्वीरहरुको माथि कम्प्यूटरद्धारा सिर्जना गरिएको तस्वीरहरु हेर्न सकिन्छ ।

शुक्रबार स्न्यापले पुष्टि गर्यो कि सम्झौता नगद र स्टकमा गरेर करिब ५० करोड डलरको छ, स्टकमा करिब आधा भुक्तानी हुनेछ । स्न्यापले बाँकी रकम दुई वर्षमा नगद वा स्टकमा भुक्तान गर्नेछ। एजेन्सी

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

Loading...