भारतीय एयरलाइन्स एयर इण्डियाका ४५ लाख यात्रुहरुको डाटा लीक, क्रेडिट कार्ड डाटा समेत चोरी

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

भारतीय एयरलाइन्स एयर इण्डियाका ४५ लाख यात्रुहरुको डाटा लीक, क्रेडिट कार्ड डाटा समेत चोरी
Classic Tech

भारतीय सरकारी एयरलाइन्स एयर इण्डियाको यात्रुहरूको डाटा लीकेज भएको छ। कम्पनीको डाटा केन्द्रमा साइबर आक्रमण भएको थियो र यात्रुहरुको डाटा चोरी सोही अन्तर्गत भएको बताईएको छ।

आक्रमण यसै वर्ष फेब्रुअरीमा भएको थियो। एयर इण्डियाले यस बारेको जानकारी आफ्नो वेबसाइटमा दिएको छ।

कम्पनीले बताएअनुसार यात्रुहरूको व्यक्तिगत जानकारी यस साइबर सुरक्षा हमलामा चोरी भएको छ। यसले लगभग ४५ लाख यात्रुहरूको डाटा चोरी भएको छ। यसमा देश-विदेशका यात्रीहरू समावेश छन्। कम्पनीका वैश्विक स्तरमा यात्रुहरूको डाटा चोरी भएको बताएको छ। यसका साथै यात्रुहरुको क्रेडिट कार्डको विवरण पनि चोरी भएको छ।

यात्रीहरूलाई सूचना दिइयो

प्रभावित यात्रीहरूलाई पठाइएको सूचनामा कम्पनीले यो डाटा चोरी २६ अगस्ट २०११ र २० फेब्रुअरी २०२१ मा भएको जानकारी दिएको छ । सो डाटा चोरीमा नाम, जन्म मिति, सम्पर्क विवरणहरू, राहदानी विवरण, टिकट जानकारी, स्टार एलायन्स र एआई फ्रिक्वेन्ट फ्लायर डाटा यस साइबर सुरक्षा आक्रमणमा चोरी भएको छ। स्टार एलायन्स एक ग्लोबल कम्पनी हो जसको साथ एआईको टाइअप रहेको हुन्छ। फ्रिक्वेन्ट फ्लायर भनेको ती यात्रुहरू हुन् जो सँधै एयर इंडियाबाट यात्रा गर्छन्।

क्रेडिट कार्ड डाटा चोरी

कम्पनीले बताएअनुसार यात्रुहरुको क्रेडिट कार्ड डाटा समेत चोरी भएको छ, सीवीवी वा सीवीसी नम्बरहरू भने चोरी नभएको दाबी गरिएको छ। सीवीवी नम्बर कार्डको पछाडी ३ अंकमा हुन्छ, जुन भुक्तानीका लागि प्रविष्ट गर्न आवश्यक पर्दछ।

कम्पनीले भने कि यो डाटा चोरी SITA PSS बाट चोरी गरिएको छ जुन यात्रुहरूको सेवाहरूको लागि डाटा प्रोसेसरको रूपमा काम गर्दछ। यो डाटा भण्डारण गर्न र प्रोसेसिङ्गको लागि जिम्मेदार हुन्छ। कम्पनीले २५ फेब्रुअरी २०२१ मा यस विषयमा यसबारे पहिलो चोटि सूचित गरिएको जानकारी दिएको छ। त्यस पछि जानकारी २५ मार्च र ५ अप्रिल २०२१ मा जानकारी  दिइयो।

घटना अनुसन्धान भइरहेको

एयर इण्डियाले डाटा सुरक्षित राख्नका लागि सो घट्नाको अनुसन्धान भइरहेको बताएको छ। साथै, डाटा सुरक्षाको लागि बाह्य विशेषज्ञलाई नियुक्त गरिएको छ। एयर इण्डियाको एफएफपी कार्यक्रमको पासवर्ड पनि परिवर्तन भइरहेको छ । एयर इण्डियाले यात्रुलाई आफ्नो पासवर्ड बदल्न भनेको छ जसले डाटा सुरक्षित रहन सक्दछ।

एयर इण्डियाले नेपाली हवाई यात्रुहरुलाई समेत सेवा दिँदै आएको छ । यसले नयाँ दिल्ली देखि काठमाडौंसम्म नियमित उडान गर्दै आएको छ । त्यसैले यसमा नेपाली यात्रुहरुसमेत परेको अनुमान गर्न सकिन्छ ।

सीता अन्तराष्ट्रिय स्तरको कम्पनी हो जसले विश्वभर हवाईयात्रुहरुको डाटाहरु प्रोसेस गर्ने र स्टोर गर्ने गर्दछ ।

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

Loading...