आईफोन १२ सिरिजको क्रेजः विश्वभर पहिलो त्रैमासमा आम्दानी मध्ये एकतिहाई हिस्सा

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

आईफोन १२ सिरिजको क्रेजः विश्वभर पहिलो त्रैमासमा आम्दानी मध्ये एकतिहाई हिस्सा

काठमाडौं ।

निकै महँगो फोनमा पर्दछ एप्पलको आईफोन । अधिकांशको बजेट भन्दा बाहिरको फोन हो भन्दा फरक पर्दैन्, तर यहि फोनको माग सबैभन्दा उच्च रहेको छ ।

आईफोन एन्ड्रोइड स्मार्टफोनको तुलनामा धेरै महँगो छ। विशेष गरी पछिल्लो पटक सार्वजनिक गरिएको आईफोन १२ सबैभन्दा महँगो मोडेलहरू मध्ये एक हो। तरपनि यसको बिक्री विश्वव्यापी रूपमा बढ्दैछ। आईफोन १२ सीरिजले स्मार्टफोन उद्योगको विश्वव्यापी राजस्वको एक तिहाई हिस्सा कब्जा गरेको छ ।

नेपाली बजारमा आईफोन १२ सीरिजमध्ये आईफोन १२ मिनीको प्रारम्भिक मूल्य १ लाख २६ हजार रुपैयाँदेखि शुरु हुन्छ ।

यस बर्षको पहिलो त्रैमासमा स्मार्टफोनको विश्वव्यापी सेल १०० अर्ब डलर पार गरेको छ। यसमध्ये एप्पल आईफोन १२ प्रो म्याक्सले सबैभन्दा धेरै आम्दानी हिस्सा कायम गरेको छ। यसपछि आईफोन १२, आईफोन १२ प्रो, आईफोन ११ र त्यसपछि सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा ५जीको नम्बर आउँछ।

आईफोन १२ सबैभन्दा धेरै बेचिने मोडेल
काउन्टरपोइन्ट रिसर्चका अनुसार आईफोन १२ भोल्यूमका हिसाबले २०२१ को पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री भएको मोडेल बन्न गयो। यसलाई आईफोन १२ प्रो म्याक्स र आईफोन १२ प्रो द्वारा पछ्याइएको थियो।

आईफोन १२ प्रो म्याक्स अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडल समेत थियो। त्यसै समयमा, तल्लो भेरियन्ट भन्दा सामसङ एस२१ अल्ट्रा ५जी को माग अमेरिका र युरोपमा बढी थियो।

Global Bank
easy care

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

ताजा समाचार