इरानद्धारा ‘गाजा’ नामक नयाँ लडाकु ड्रोनको अनावरण

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

इरानद्धारा ‘गाजा’ नामक नयाँ लडाकु ड्रोनको अनावरण

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले नयाँ लडाकु ड्रोन ‘गाजा’ अनावरण गरेको छ सो ड्रोनको नाम प्यालेस्टाइनहरुलाई श्रद्धांजलि दिँदै गाजा राखिएको बताईएको छ ।

आईआरजीसीका नेता मेजर जनरल होसेन सलामीले एक विज्ञप्तिमा भनेका छन् ‘गाजाको नाम त्यस भूमिमा रहेका जो आज जीयोनवादी इजरायको आक्रमण र आक्रमणको बिरूद्ध उभिएका छन्’ उनीहरुको सम्मान गर्नका लागि राखिएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

धेरै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूले कटौती गरेपछि, इजरायलको प्रमुख शत्रु इरान ड्रोनहरूको प्रमुख विकासकर्ता भएको छ । र यसले प्रायजसो टेक्नोलोजी समातिएका अमेरिकी ड्रोनहरूबाट रिभर्स इन्जिनियर प्रयोग गरेर उपयोग गरिरहेको छ।

क्षेत्रीय सुरक्षामा त्यसको प्रभावको चिन्ताको बीचमा, गत महिना अमेरिका र इजरायलले इरान र यसका ‘प्रोक्सीहरू’ बाट ड्रोन र सटीक निर्देशित मिसाइलहरूको विकासमा केन्द्रित रहँदै अन्तर एजेन्सी कार्य समूह गठन गरेका थिए ।

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

Loading...