स्पोटीफाइले थप्यो एप्पल वाचमा अफलाइन म्युजिक डाउनलोड फिचर

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

स्पोटीफाइले थप्यो एप्पल वाचमा अफलाइन म्युजिक डाउनलोड फिचर

म्युजिक एप स्पोटीफाइले एप्पल वाचमा प्लेलिस्ट, एल्बम तथा पडकास्ट अफलाइन नै सुन्न मिल्ने फिचर थप गर्न लागेको जानकारी दिएको छ।

अब यूजरहरुले ९६ केबीपीएसको गतिमा अडियो स्ट्रिम गर्न, स्पोटीफाइका सामग्री आफ्ना फोनमा राख्न तथा डिलिट गर्न तथा वाचसँग सिंक गर्न सक्नेछन्।

म्युजिक तथा पडकास्ट डाउनलोड गर्न मिल्ने भएपछि अब वाचबाटै स्ट्रिमिङको मज्जा लिन सकिन्छ। फोन बोकिरहनु पर्दैन, कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले गएको नोभेम्बरमा एप्पपल वाचलाई रिमोटका रुपमा प्रयोग गरेर आईफोन वा अन्य स्फटीफाइ भएका डिभाइसमा म्युजिक सुन्न मिल्ने फिचर ल्याएको थियो। उसकले सन् २०१८ मा पहिलो पटक एप्पल वाचका लागि एप सार्वजनिक गरेको थियो।

यो अफलाइन फिचर मे २१ अर्थात् शुक्रबारदेखि एप्पल वाच सिरिज ३ र त्यसपछिका वाचओएस ६.० वा त्यसमाथिका अपरेटिङ सिस्टम भएकारुमा उपलब्ध भएको बताइएको छ।

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

Loading...