असुस जेनफोन ८ र ८ फ्लिप छिट्टै भारतमा सार्वजनिक हुने

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

असुस जेनफोन ८ र ८ फ्लिप छिट्टै भारतमा सार्वजनिक हुने
Global IME Bank

काठमाडौं ।

असुसको जेनफोन ८ र ८ फ्लिप भारतमा उपलब्ध हुने पक्का भएको छ। कम्पनीले भारतमा असुसको नयाँ फोन आउने भनेर सामाजिक सञ्जालमा आधिकारिक रुपमा जानकारी दिएको छ।

नयाँ नाम ८जेड बाहेक यसअघि यूरोप र ताइवानमा देखिसकिएको सेट आउने र यसमा स्न्यापड्रागन ८८८ चिपसेट रहने बुझिएको छ। हाइ-इन्ड फोन भएकाले यसमा १२० हर्जको रिफ्रेश रेट भएको एचडीआर+ सपोर्ट गर्ने डिस्प्ले, स्टेरियो स्पिकर,  धुवाँ धूलो नछिर्नका लागि आईपी ६८ रेटिङ रहने बुझिएको छ।

जेनफोन ८ र ८ फ्लिप भारतमा आउने आधिकारिक भए पनि कोभिडका कारण मिति भने यकिन भइसकेको छैन। कम्पनीले स्थिति सामान्य होउज्जेल कुर्न सक्ने पनि देखिन्छ।

मूल्यका हिसाबले कुनै आधिकारिक जानकारी बाहिर नआएकोले अघिल्ला फोनहरुको हिसाबले आकलन गर्दा जेनफोन ८ र ८ फ्लिफको ६०० यूरो हाराहारी पर्ने देखिन्छ।

Sajilo Visa

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार