गुगलले आफ्ना उत्पादनहरु बिक्री गर्न पहिलो खुद्रा स्टोर खोल्दै

Technology Khabar ८ जेष्ठ २०७८, शनिबार

गुगलले आफ्ना उत्पादनहरु बिक्री गर्न पहिलो खुद्रा स्टोर खोल्दै
Classic Tech

एप्पलले आफ्नो पहिलो रिटेल स्टोर खोलेको लगभग २० वर्ष बितेपछि गुगलले पनि अन्ततः सोही कदम अनुसरण गर्दैछ।

कम्पनीले बिहीबार घोषणा गरेअनुसार कम्पनीले यो पहिलो गर्मी मौसममा न्यु योर्क शहरमा गुगल स्टोर नाममा पहिलो भौतिक खुद्रा स्टोर खोल्दैछ ।

स्टोर चेल्सी छिमेकीहरुमा यसको कार्यालयहरु अन्तर्गत अवस्थित हुनेछ, जहाँ यसले शहरमा आफ्नो ११,००० भन्दा बढी कर्मचारीहरु लाई रोजगार दिईरहेको छ। यो एप्पलको स्टोर नजिकै हुने बताईएको छ ।

सो स्टोरमा बिक्रीको लागि केहि आईटमहरू जसमा पिक्सेल फोन, नेस्ट उत्पादनहरू, फिटबिट डिभाइसहरू र पिक्सेलबुकहरू राखिने छन्।

एप्पलको जीनियस बार अवधारणा जस्तै, गुगलले स्टोरमा ग्राहकहरुलाई समस्या निवारण गर्न, फुटेका पिक्सेल स्क्रिन ठीक गर्न वा इन्स्टलको साथ मद्दत गर्न ‘विशेषज्ञहरू’ प्रयोग गर्नेछ। ब्लग पोष्टमा कम्पनीले यसलाई ‘हाम्रो हार्डवेयर यात्राको महत्वपूर्ण चरण’ भनेर व्याख्या गरेको छ ।

‘धेरै ग्राहकहरू अझै पनि किन्नु अघि हार्डवेयरको अनुभव लिन चाहन्छन्, र त्यस बारेमा थप सिक्न, यो कस्तो देखिन्छ भनेर हेर्न र उनीहरूको हात वा डेस्कमा रहँदा कस्तो हुन्छ भनेर अनुभव गर्न चाहन्छन् ।’ ब्लगमा भनिएको छ ।

गुगलले यसअघि नै आफ्नो हार्डवेयर व्यवसायलाई ‘मल्टि बिलियन डलर’ भएको बताईसकेको छ ।

कम्पनीले स्टोरमा सोसल डिस्टान्सिङ्ग मास्क र ह्याण्ड स्यानिटाजेसन ग्राहकहरु र कर्मचारीहरुका लागि अनिवार्य गर्ने जनाएको छ ।

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

Loading...