यूट्यूबमा १३ मिनेटमा १ करोड भ्यूज पार गर्ने पहिलो गित भयो बिटिएसको ‘बटर’

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

यूट्यूबमा १३ मिनेटमा १ करोड भ्यूज पार गर्ने पहिलो गित भयो बिटिएसको ‘बटर’
Classic Tech

कोरियाली म्यूजिक ब्याण्ड बिटिएसले यूट्यूबमा आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ, र उनीहरूको अघिल्लो संगीत भिडियोहरू जस्तै, यसले आफ्नो डेब्यू पछि चाँडै हेर्नेहरूको संख्याको रेकर्ड ब्रेक गरेको छ।

“बटर” शीर्षक नाममा सार्वजिनक यो म्यूजिक भिडियोले केबल १३ मिनेटमा १ करोड भ्यूज पार गरेर युट्यूबको इतिहासमा सब भन्दा तिब्रगतिमा धेरै भ्यू पाउने भिडियो भएको छ ।

भिडियो सेयर गरिएको पहिलो सात घण्टामा ५ करोड ३० लाख भ्यूज पार गरिसकेको छ र यसलाई ५४ लाख यूट्यूब प्रयोगकर्ताहरूले लाइक गरिसकेका छन् ।

सबैभन्दा छिटो १ करोड भ्यूजको लागि पहिलो रेकर्ड बनाउने ब्यान्डको अघिल्लो हिट गित “डाइनामाइट” थियो जुन अगस्त २०२० मा प्रीमियर भएको थियो । “डाइनामाइट” ले २१ मिनेटमा १ करोड यूट्युब भ्यू प्रबन्ध गरेको थियो। यो बीटीएसको पहिलो गीत थियो जुन पूर्ण रूपमा अंग्रेजीमा रिलीज भएको थियो र यो यूट्यूबको इतिहासमा २४ घण्टामा १० करोड ११ लाख भन्दा बढी भ्यूज भएको पहिलो डेब्यू भयो। “बटर” ले सो इतिहालाई पछि पार्ने अनुमान गरिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...