एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ निकै प्रभावकारी

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ निकै प्रभावकारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको छ। महासंघको यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको जानकारी दिएको छ।

जेष्ठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साढे ५ सय भन्दा बढी कोभिड संक्रमित विरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिव २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् । वैशाख २६ बाट शुरू भएको हेल्लो डाक्टर मार्फत भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन्। केन्द्रका तर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेठ नागरिकलाई सेवा दिइएको महासंघले जनाएको छ।

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६र१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह आउने गरेको महासंघले जनाएको छ ।

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पतालरआइशोलेशन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग तथा समन्वय भैरहेको छ ।

कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आइशोलेशन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

आइशोलेशन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइशोलेशन केन्द्रमा राख्ने प्रवन्ध मिलाई रहेको छ । महासंघले संचालन गरेको आइशोलेशनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण र सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जांदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...