युरोपमा सन् २०२४ देखि विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गर्ने योजना

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

युरोपमा सन् २०२४ देखि विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गर्ने योजना

युरोपमा विद्युतीय हवाई ट्याक्सी सेवा शुरु गरिने तयारी हुँदैछ । सो क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकका अनुसार यो हवाई ट्याक्सी सेवाले सन् २०२४ वा २०२५ सम्ममा उडान भर्ने अपेक्षा गरिएको छ ।

ब्लूमबर्गको रिपोर्ट अनुसार यी हवाई ट्याक्सीहरू यात्रुलाई उडाउने भन्दा पहिले औषधी र अन्य सामग्री आपूर्तिका लागि प्रयोग हुनेछ।यस्ता हवाई ट्याक्सीहरूलाई पाइलट राखिएका हुनेछन् ।

‘यी हवाई ट्याक्सीहरू सन् २०२४ अथवा सन् २०२५ भित्र व्यवसायिक प्रयोगमा आउनेछन्,’ युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (इएएसए) का कार्यकारी निर्देशक प्याट्रिक किले बुधबार भएको एक अनलाइन कार्यक्रममा भनेका छन्। उनका अनुसार सुरूमा सामग्री ओसारपसारसँगै हवाई ट्याक्सीको प्रयोग र परिक्षण गरिनेछ।

युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।

ठूला विमानहरुका साथै अटोनोमस ड्रोन सेवाहरुले भने थप ५ वर्ष लिनसक्ने किले बताएका छन् ।

इएएसएले मानव रहित उडान विकासको लागि विभिन्न कम्पनीहरूसँग काम थालेको छ। एजेन्सीले अमेरिकी संघीय उड्डयन प्रशासन र अन्य अन्तर्राष्ट्रिय नियामकहरू समन्वयमा काम गरिरहेको बताईएको छ।

एजेन्सीका कार्यकारी निर्देशक प्याट्रिकका अनुसार यात्रु नराखी उडान सुरू गर्न सहज पनि छ। उनले यसमा कारण खुलाउँदै भने, ‘किनभने हामी साना किसिमका हवाई ट्याक्सी भेहिकल निर्माण गर्दैछौं। ठूलो मात्रामा काम अघि बढाउन अझै समय र सम्झौताहरूको आवश्यक छ। किनकी अटोनोमीले कसरी काम गर्छ भनेर हेर्नुपर्नेछ ।’

केही समय अघि इएएसएले सहरी क्षेत्रमा हवाईमार्फत आवतजावत सम्बन्धि नागरिकहरुको प्रतिक्रियाबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा युरोपका ६ शहरबाट ४ हजार नागरिकहरु सहभागी थिए ।

सो सर्वेक्षण नतिजाअनुसार ८३ प्रतिशत नागरिकहरू शहरी हवाई गतिबिधी प्रति सकारात्मक छन्। उनीहरूले आपतकालिन र मेडिकल सामग्रीको ओसारपसारमा हवाई मार्ग निकै राम्रो र छिटो हुनेमा समर्थन गरेका छन्।

‘भीडयुक्त शहरहरूमा क्राफ्ट उडानको उच्च सुरक्षा मापदण्डको आवश्यकता हुन सक्छ, र नियामकहरूले आवाज र दृश्य अव्यवस्था जस्ता समस्याहरुको चिन्ता गर्नुपर्नेछ,’ कि भने।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...