Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौं ।
एमआईले आफ्नो सबैभन्दा धेरै क्षमताको पावर बैंक भारतमा सार्वजनिक गरेको छ।
एमआई बूस्ट प्रो नाम गरेको पावर बैंकमा ३० हजार एमएएचको विशाल ब्याट् रहेको छ। यसमा फास्ट चार्जिङसहित पावर डेलिभरी ३.० फिचर पनि समाविष्ट छ।
यसबाहेक शर्ट सर्किटबाट बचाउन १६ लेयरको सर्किट प्रोटेक्शन पनि राखिएको यस पावरबैंकमा पावर डेलिभरी ३.० को सहायताले २४ वाटको चार्जिङमा साढे ७ घण्टामा पुर चार्ज हुने कम्पनीको दावी छ। यसमा शक्तिशाली लिथियम पोलिमर ब्याट्री राखिएको छ।
यो पावरबैंक तत्काल क्राउडफण्डिङमार्फत् बिक्री भइरहेकाले २२९९ भारु अर्थात् साढे ३१ डलर तोकिएको छ। पछि यसको मूल्य भारु ३४९९ अर्थात् ४८ डलर हाराहारी पर्नेछ। यो एउटै कालो रंगमा मात्र उपलब्ध रहेको छ।
यसका विशेषता:
प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार