नेपाल टेलिकमले चिकित्सकहरुलाई असिमित भ्वाइस कल प्याक निःशुल्क दिने

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

नेपाल टेलिकमले चिकित्सकहरुलाई असिमित भ्वाइस कल प्याक निःशुल्क दिने

काठमाडौं ।

नेपाल टेलिकमले चिकित्सकहरुलाई निःशुल्क असिमित भ्वाइस कल प्याक उपलब्ध गराउने भएकोछ । सरकारी दूरसञ्चार कम्पनी टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क सेवा दिने भएको हो ।

यसको बारेमा हालै नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई गुगल फारम भर्न आग्रह गरेको छ ।

चिकित्सकहरूका लागि एक महिनासम्मका लागि निःशुल्क असिमित भ्वाइस प्याकको व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।

नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि सो मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने र छ भने काउन्सिलले त्यसै नम्बरलाई आधिकारीक मान्ने जनाएको छ ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार