रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा छिट्टै उपलब्ध हुने

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा छिट्टै उपलब्ध हुने

काठमाडौं ।

रियलमीले छिट्टै नै दुई नयाँ स्मार्टफोन रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा उपलब्ध गराउने भएको छ।

यी दुईमध्ये रियलमी नार्जो मे २५ अर्थात् अर्को मंगलबारदेखि अलिएक्सप्रेसमार्फत् उपलब्ध हुनेछ। यो फोनको यूरोपबाहेक अन्त रियलमी७आई भन्ने नाम रहेको छ।

नार्जो ३० फाइभजीको बारेमा धेरै विवरण बाहिर आएका छैनन्। तर यो रियलमी ८ फाइभजीभन्दा १ स्तर माथि नै हुने आकलन गरिएको छ।

अर्को रियलमी जीटी फाइभजी भने आउँदो महिना उपलब्ध हुनेछ। यो पनि अलि एक्सप्रेसमार्फत नै उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो केही समयअघि चीनमा सार्वजनिक भएको स्न्यापड्रागन ८८८ चिपसेट तथा १२० हर्जको रिफ्रेश रेट भएको एमोलेड डिस्प्लेयुक्त स्मार्टफोन भएको आकलन गरिएको छ। यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट पनि रहेको छ।

Global Bank
easy care

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार