ओएलईडी विकासमा एआईको प्रयोग गर्दै सामसङ डिस्प्ले

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

ओएलईडी विकासमा एआईको प्रयोग गर्दै सामसङ डिस्प्ले
Classic Tech

सामसङका अनुसार सामसङ डिस्प्लेले ओएलईडी प्यानलको विकासमा एआईको प्रयोग गरिरहेको छ।

जैविक पदार्थको अणुजन्य संरचनाको डिजाइन गर्ने एउटा एआई प्रोग्रामको प्रयोग भइरहेको सामसङ डिस्प्लेका उपाध्यक्ष किम योङ-जोले एसआईडी डिस्प्ले वीकमा एक सेमिनारका क्रममा जानकारी दिए।

उनका अनुसार यो प्रोग्रामले आफ्नो काम ३० सेकेन्डमै पूरा गर्छ। इन्जिनीयरहरुले आफूलाई ओएलईडीमा चाहिएको क्यारेक्टरिस्टिक भ्यालू गणनाका लागि उक्त प्रोग्राममा राख्न सक्दछन्।

यसले एकैपटकमा अलग अलग भ्यालू भएका मोडलहरुमा काम गर्न सक्ने हुनाले इन्जिनीयरहरुलाई एकै समयमा अन्य कामहरुमा ध्यान दिन पनि सजिलो हुन्छ।

प्यानलको सर्किट डिजाइनका लागि आवश्यक कच्चा पदार्थबाहेक एउटा एआई प्रोग्राम पनि प्रयोग गरिन्छ तर डिस्प्लेको रेजोल्युशन बढ्दै गइरहेकाले यो प्रक्रिया जटिल हुँदै गइरहेको छ।

६४ कोर सीपीयूले एउटा कम्प्युटरमा ६४०००० सर्किट बनाउनका लागि एआईको उपयोग गर्छ। किमका अनुसार दुवै एआईले फोरके र एटके प्यानल बनाउनका लागि समय बचत गर्छन्। सामसङ डिस्प्लेले आगामी थुप्रै प्रडक्ट डिजाइनहरुमा एआईको प्रयोग गर्नेछ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...