कोभिड भेरियन्टका अफवाहबारे सुधारका जानकारी पोस्ट गर्न फेसबुक र ट्विटरलाई सिंगापुरको आदेश

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

कोभिड भेरियन्टका अफवाहबारे सुधारका जानकारी पोस्ट गर्न फेसबुक र ट्विटरलाई सिंगापुरको आदेश
Classic Tech

सिंगापुरले सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई ती प्लेटफर्ममा आएका कोभिड १९ का भेरियन्टबारेका अफवाह रहेका पोस्टमा सुधारात्मक जानकारी पोस्ट गर्न आदेश दिएको ‍छ।

देशको स्वास्थ्य मन्त्रालयले अनलाइन प्लेटफर्महरुलाई सिंगापुरका सबे यूजरहरुलाई कोभिड १९ का बारेमा आएका अफवाहहरुबारे सुधारका पोस्ट जारी गर्न आदेश दिएको हो।

यस्ता अनलाइन पोर्टलहरुमा कोभिड १९ को भेरियन्ट सिंगापुरबाट शुरु भएर भारतमा फैलिएको भन्ने अफवाह व्याप्त भएकोले यस्तो आदेश दिइएको बुझिएको छ।

यो सुधारात्मक सूचनाको आदेश देशको ‘प्रोटेक्शन फ्रम अनलाइन फल्सहूडस एन्ड म्यानिपुलेशन एक्ट’ को कार्यालयबाट जारी भएको हो।

केही दिन अघि भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवलले ट्विटरमा सिंगापुरबाट आएको भेरियन्ट विशेषगरी बालबालिकाका लागि हानिकारक रहेको र यसले तेस्रो तरंग निम्त्याउने भएकाले सिंगापुरको उडान रोक्न सरकारलाई आग्रह गरेको थियो। यही कुरा आएपछि सिंगापुरले यो नियम ल्याएको बुझिन्छ।

यसमा सिंगापुरको विदेश मन्त्रालयले बुधबार भारतको उच्च राजनीतिक व्यक्तिबाट आएको आधारहीन दावीले देशमा निराशा निम्त्याएको र यसबारेमा भारतीय उच्च अधिकारीसँग भेट गरिसकिएको जनाएको छ।

यस सम्बन्धमा भारतका विदेशमन्त्री शुब्रमण्यम जयशंकरले केजरीवाललाई ट्विटरमै यस्तो जवाफ दिएका थिए, ‘दुई देशबीचको सम्बन्ध बिगार्ने हिसाबले कुनै जिम्मेवार व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु अनुपयुक्त भएकाले यो अभिव्यक्ति भारतको नभइ केजरीवालको व्यक्तिगत भएको प्रस्ट पार्न चाहन्छु।’

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...