नेपाल टेलिकमको भीओएलटीई सेवा जुलाईदेखि सबै आईफोनहरुमा चल्ने

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

नेपाल टेलिकमको भीओएलटीई सेवा जुलाईदेखि सबै आईफोनहरुमा चल्ने

काठमाडौं ।

नेपाल टेलिकमको भीओएलटीई सेवा आईफोनमा समेत आगामी जुलाई देखि सञ्चालन हुने भएको छ ।

नेपाल टेलिकमले हालै एप्पललाई पत्र लेखेर सो बारेमा जानकारी गराउँदै ८०० मेगाहर्ज ब्याण्डमा फोरजी भीओएलटीई सेवा नचलेको बारेमा कम्पनीका सिईओलाई पत्र लेखेको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो समस्या उल्लेख गर्दै एप्पललाई पत्र लेखेका थिए ।
हाल एप्पलले सो पत्रको जवाफ पठाउँदै नेपालमा सो समस्या समाधानको लागि टोली खटाएको जानकारी दिएको छ ।

‘हामीलाई एप्पलले पत्रको जवाफमा सो समस्या समाधान गर्न विज्ञ टोली खटाएको र जुलाई देखि ८०० मेगाहर्ज ब्याण्डमा फोरजी भीओएलटीई उपलब्ध गराउने जानकारी दिएको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

टेलिकमले एप्पलसहित नेपालमा उपलब्ध भएका प्रमुख मोबाइल ब्राण्डका अधिकारीहरुलाई पत्र नै लेखेर कम्पनीका स्मार्टफोनहरुमा ८०० मेगाहर्ज ब्याण्डमा फोरजी/भीओएलटीई सेवा खोलिदिन गराईदिन अनुरोध गरेको थियो । यस बारेमा कम्पनीले सपोर्ट गर्ने डिभाइसहरुको सूची समेत जारी गरेको छ ।

कम्पनीकाअनुसार फोरजी भीओएलटीई सेवा हालसम्म १५ हजार भन्दा धेरैले उपयोग गरिरहेका छन् ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार