एप्पल वाच७ को विवरण लीक, के के हुनेछन् विशेषता?

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

एप्पल वाच७ को विवरण लीक, के के हुनेछन् विशेषता?

जोन प्रोस्सर नाम गरेका एक प्राविधिक विश्लेषक तथा आधिकारिक विवरण लीक गर्ने यूजरले कन्सेप्ट आर्टिस्ट इयान जेल्बोसँग मिलेर एप्पल वाचको आउँदै गरेको सिरिज ७ को डिजाइन कस्तो हुनेछ भन्ने तथ्य सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत् गरेका छन्।

कम्पनीले एप्पलको वाच सिरिज ७ मा यसअघिका डिजाइनमा मुख्य परिवर्तन गर्ने बुझिएको छ। जस अनुसार यसअघिका एप्पल वाच सिरिजहरुमा कर्भ्ड डिजाइन हुँदै आएकोमा अब भने पूर्णरुपमा ‘फ्ल्याट’ देख्न पाइनेछ।

बाहिर आएका तथ्यहरुका आधारमा कालो, सेतो, नीलो र रातोबाहेक आईफोन १२ तथा नयाँ आईफ्याड एयरसँग सुहाउँदो मिन्ट ग्रीन रंगको पनि उपलब्ध हुने बुझिएको छ।

तर पहिले झैं ४० एमएम मोडलमा डिस्प्ले भने १.५७ इन्चको नै ४४ एमएम मोडलमा भने १.७८ इन्चको रहनेछ। यसको डिस्प्ले पनि पहिले झैं कर्भ्ड नै रहनेछ।

यसबाहेक अन्य धेरै विवरण उपलब्ध नभए पनि यसमा ब्लड सुगर लेभल नाप्ने अप्टिकल सेन्सर रहने साथै यसमा रहेको एस७ चिपसेटलाई अझ राम्रो क्षमताका लागि अपडेट गरिने बुझिएको छ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...