भारत सरकारको चेतावनीपछि ह्वाट्सएपले भन्यो-नयाँ गोपनीयता नीतिले यूजरलाई असर गर्दैन

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

भारत सरकारको चेतावनीपछि ह्वाट्सएपले भन्यो-नयाँ गोपनीयता नीतिले यूजरलाई असर गर्दैन
Classic Tech

ह्वाट्सएपले भारतीय सरकारको निर्देशनको जवाफमा यसको नयाँ गोपनीयता नीतिले यसका प्रयोगकर्ताहरूका व्यक्तिगत सन्देशहरूको गोपनीयतालाई असर नपार्ने पुन दोहोर्‍याएको छ । वास्तवमा, केहि दिनअघि भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले ह्वाट्सएपलाई आफ्नो नयाँ गोपनीयता नीति फिर्ता लिन निर्देशन दिएको थियो, त्यसपछि कम्पनीको यो बयान बाहिर आएको हो।

कम्पनीका प्रवक्ताका अनुसार यस विषयमा सरकारसँग निरन्तर कुराकानी गरिरहेको छ । साथै, कम्पनीले भन्यो-“जून प्रयोगकर्ताहरूले हाम्रो नयाँ नीति अहिलेसम्म स्वीकार गरेका छैनन्, हामीले ती मध्ये कुनैको पनि एकाउन्ट मेटाएको वा त्यसमा कुनै परिवर्तन गरेका छैनौं।”

कम्पनीले धेरै नयाँ विकल्पमा काम गरिरहेको र यसको उद्देश्य यसको जानकारी प्रयोगकर्ताहरूलाई उपलब्ध गराउनु भएको बताएको छ ।

व्हाट्सएप प्रवक्ताले भने, “हाम्रा अधिकांश प्रयोगकर्ताहरूले यस नीतिलाई आफ्नो सहमति दिएका छन्। केही व्यक्तिहरूले मात्र अहिलेसम्म त्यसलाई इनेबल गर्न सकेका छैनन् र हामी तिनीहरूको निर्णयको सम्मान गर्दछौं।”

कम्पनीले आफ्नो नीतिको महत्त्वका सम्बन्धमा यी प्रयोगकर्ताहरूलाई अर्को केही दिनमा फेरि रिमाइन्डरहरू पठाउने जानकारी दिएको छ त्यसैगरि व्यक्तिगत सन्देशहरू र व्यक्तिगत जानकारीको सुरक्षा गर्नु आफ्नो दायित्व भएको र त्यसको लागि व्यक्तिहरुसम्म पुग्न सबै प्रयास गर्ने जनाएको छ ।

यसअघि भारतीय सरकारले फेसबुकको अधिनमा रहेको व्हाट्सएपलाई आफ्नो गोपनियता नीति फिर्ता लिन सात दिनको समयसहित निर्देशन दिएको थियो । त्यस्तै भारतको अदालतमा नै गोपनियता नीति बारेमा समेत मुद्धा चलिरहेको छ ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...