अडियो च्याट एप क्लबहाउस नेपालसहित विश्वभर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

अडियो च्याट एप क्लबहाउस नेपालसहित विश्वभर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध
Classic Tech

अडियो च्याटमा आधारित सामाजिक नेटवर्किङ्क एप क्लबहाउस(Clubhouse) अब नेपालसहित विभिन्न देशहरुमा एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ ।

कम्पनीले शुक्रबारदेखि नेपालसहित विश्वभरका बहुप्रतीक्षित प्रयोगकर्ताहरूका लागि एप उपलब्ध गराएको छ । 

यो एप प्रयोगकर्ताहरुले आफ्नो फोनमा एप डाउनलोड गरेपछि त्यसमा आफ्नो मोबाइल नम्बर राखेर भेरिफाइ गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईँले यूजरनेम प्राप्त गर्नुहुनेछ । त्यसपछि मात्र क्लबहाउस चलाउन सकिनेछ ।

यसअघि क्लबहाउस आईओएसमा मात्र उपलब्ध रहेको थियो भने कम्पनीले अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरुलाई शुरुमा उपलब्ध गराएको थियो ।

यो एप अचानक विश्वभर फेब्रुअरी २०२१ मा चर्चामा आएको थियो, जब यसको प्रयोगकर्ताहरू १५०० बाट सीधा २ करोड पुगेका थिए। क्लबहाउसका मे २०२० मा १,५०० प्रयोगकर्ताहरू मात्र थिए र यसको सम्पत्ति १० करोड डलर थियो।

इलेक्ट्रिक कार निर्माता टेस्लाका संस्थापक एलन मस्कले यस एपमा रबिनहुडका सीईओ भ्लाड टेनेभको साथमा एक अडियो च्याटलाई होस्ट गरेका थिए। यस पछि, मानिसहरू माझमा यो सोशल नेटवर्किङ्ग एपको चर्चा तीव्र भयो।

उही समयमा, ट्विटर, टेलिग्राम, फेसबुकले पनि क्लबहाउस जस्ता अडियो-आधारित च्याटरूमहरूमा काम गर्न सुरु गरेका छन् ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...