ह्वावेले नेपालसहित दक्षिण एसियाली देशहरुमा ५ बर्षमा १ लाख डिजिटल ट्यालेन्ट तयार पार्ने

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

ह्वावेले नेपालसहित दक्षिण एसियाली देशहरुमा ५ बर्षमा १ लाख डिजिटल ट्यालेन्ट तयार पार्ने

चीनको दूरसञ्चार कम्पनी ह्वावेले नेपाल, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाली देशहरुलाई आगामी ५ बर्षमा १ लाख नयाँ डिजिटल प्रतिभाहरु तयार पार्न सहयोग पुर्‍याउने घोषणा गरेको छ।

ह्वावे एशिया प्रशान्तका उपाध्यक्षले बिहीबार बिहीबार आयोजित ‘डिजिटल ट्यालेन्ट रिजनल समिट’ मा सो घोषणा गरेका हुन् ।

‘समावेशी डिजिटल समृद्धिको लागि प्रतिभा इकोसिस्टमको विकास’ विषयक उक्त सम्मेलनले तीन देशका सरकारी अधिकारी र विज्ञहरू, युनेस्को र आईसीटी उद्योगका विज्ञहरू र प्रतिनिधिहरूलाई भेला गराएको थियो । सो कार्यक्रममा महामारीपछिको आर्थिक पुनःप्राप्तिमा डिजिटल सीपको अन्तरलाई कम गर्ने र डिजिटल रूपान्तरणको सहजीकरणका लागि सहयोगी पहलहरू पत्ता लगाउने प्रयास गरिएको थियो ।

‘हामी विश्वास गर्छौं कि ट्यालेन्ट इकोसिस्टम आर्थिक सुधार र दीर्घकालीन दिगो डिजिटल भविष्यको आधारशिला हो। यद्यपि डिजिटल सीपको अभाव धेरै देशहरूले सामना गर्नुपरेको सबैभन्दा ठूलो चुनौती हो,’ ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जय चेनले भने।

आगामी ५ बर्षमा ह्वावेले १ लाख भन्दा बढी आईसीटी प्रतिभा विकास गर्ने र यस गतिशील क्षेत्रमा विशेष गरी बंगलादेश, श्रीलंका र नेपालमा एक जीवन्त डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने अपेक्षा गरेको छ,’ उनले भने।

कार्यक्रममा नेपालकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले डिजिटल ट्यालेन्ट निकै महत्वपूर्ण भएको भन्दै नेपालले पनि सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रतिभाहरुको अभाव भोगिरहेको बताए ।

उनले सरकारले सूचना प्रविधिको महत्व बुझेर नै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको भन्दै हालै सार्वजनिक गरिएको नागरिक एपले पेपरलेस र फेसलेस सरकारी कार्यहरुलाई जोड दिएको जानकारी दिए ।

उनले ह्वावेसँगकाे सहकार्यको सराहना गर्दै पूर्वाधार विकास फोरजी सेवा र डिजिटल ट्यालेन्टमा गरेको र सहयोगका लागि धन्यवाद दिएका थिए ।

कार्यक्रममा बंगलादेशका दूरसञ्चार र सूचना प्रविधि राज्यमन्त्री जुनाइद अहमद, पलक श्रीलंकाका कम्युनिकेसन मन्त्रालयका सचिवलगायतले बोलेका थिए ।

ह्वावेले डिजिटल प्रतिभा खोजी गर्ने पहललाई विस्तार गर्ने र इन्ड-टू-इन्ड ह्वावे ट्यालेन्ट प्लेटफर्म प्रदान गर्ने योजना बनाएको छ, जसले सिकारूहरूलाई उनीहरूको क्षमता सुधार गर्न मद्दत पुर्‍याउँछ । त्यसका साथै अनलाइन पाठ्यक्रम, परीक्षा, कभरिङ्ग, वान स्टप सर्भिस प्रस्ताव गरेर क्यारियरको विकासमा उनीहरूलाई मद्दत गर्ने जनाएको छ ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...