सामाजिक सञ्जालहरुमार्फत सेयर बजार सम्बन्धी अनावश्यक भ्रम फैलाए कारबाही

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

सामाजिक सञ्जालहरुमार्फत सेयर बजार सम्बन्धी अनावश्यक भ्रम फैलाए कारबाही
Classic Tech

नेपाल धितोपत्र बोर्डले सामाजिक संजालहरु, विभिन्न सञ्चारमाध्यम वा अन्य कुनै माध्यममार्फत सेयर बजार सम्बन्धी अनावश्यक भ्रम र अफबाह फैलाउन रोक लगाएको छ ।

सञ्चारमाध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा संगठित संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने विषयमा टिकाटिप्पणी तथा सूचना संप्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपले संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले कार्य नगर्न बोर्डले सम्वद्ध व्यक्ति तथा संचारमाध्यमलाई निर्देशन दिएको हो ।

पछिल्लो समय लगानीकर्ताले मिडिया तथा सामाजिक संजालमार्फत कम्पनी नै तोकेरै यसको मूल्य बढ्ने घट्ने लगायतका विषयहरुमा अन्तरवार्ता दिने तथा पोस्टहरु राख्दै लगानीकर्तामा भ्रम पैदा गरेको भन्दै बोर्डले यस्तो रोक लगाएको हो ।

‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ़ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिकी गर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।

बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी संचालनबाट मात्रै लगानीकर्ताको हित संरक्षण हुने भन्दै बोर्डले यदि यो निर्देशनको अवज्ञा गरी यस्ता कार्यलाई निरन्तरता दिएमा ऐनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

TK Viber

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

Loading...