ग्लोबल एक्सेसिबिलिटी अवेयरनेस डे, ५१.४ प्रतिशत वेबसाइटहरुमा पहुँचयोग्यताको समस्या

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

ग्लोबल एक्सेसिबिलिटी अवेयरनेस डे, ५१.४ प्रतिशत वेबसाइटहरुमा पहुँचयोग्यताको समस्या

काठमाडौं ।

आज मे २० अर्थात ग्लोबल एक्सेसिबिलिटी अवेयरनेस डे अर्थात विश्वव्यापी पहुँचयोग्यता जागरूकता दिवस हो ।

यस दिवसको उद्देश्य सबैलाई कुराकानी गर्ने, सोच्ने र डिजिटल पहुँच/समावेशीकरण तथा बिभिन्न अशक्त मानिसहरूका बारे सिक्ने प्रयास गर्नु हो।

दशौं ग्लोबल एक्सेसिबिलिटी अवेयरनेस डे विश्वभर मनाईएको छ ।

अपाङ्गता र फरक क्षमता भएका व्यक्तिहरुले उनीहरुको डिजिटल प्रविधि र डिभाइसहरुमा पहुँच अधिकारलाई सुनिश्चित गर्न र जागरुक गराउन यो दिवस मनाउने गरिन्छ ।

डिजिटल पहुँचता के हो?

प्रत्येक प्रयोगकर्ताले वेबमा पहिलो दरको डिजिटल अनुभव गर्न योग्य छ। हरेक अपाङ्गता वा अशक्तता भएका व्यक्तिहरुले समेत कुनै वेब-आधारित सेवाहरू, सामाग्री र अन्य डिजिटल उत्पादनहरू अनुभव गर्न सक्षम हुनुपर्दछ । यसमा अन्य सवलाङ्ग मानिसहरु जस्तै हरेक अपाङ्गता वा अशक्तता भएका व्यक्तिहरुले समेत सोही स्तरको परिणामहरु प्राप्त गर्नुपर्दछ । समावेशीकरणको लागि यो जागरूकता र प्रतिबद्धता ग्लोबल एक्सेसिबिलिटी अवेयरनेस डे (GAAD) को लक्ष्य हो, एक वैश्विक घटना जसले अशक्तता भएका व्यक्तिहरूको लागि डिजिटल पहुँच र समावेशीकरणमा जागरुक पार्दछ।

पछिल्लो दिनमा विभिन्न प्रविधि कम्पनीहरुले आफ्ना सेवा तथा उत्पादनहरुलाई हरेक व्यक्तिहरुको लागि पहुँचयोग्य बनाउने प्रयास गरिरहेकाछन् । यसमा एप्पल, गुगल, माइक्रोसफ्ट, ब्ल्याकबेरीलगायतका कम्पनीहरुले आफ्ना विभिन्न सेवा तथा टूलहरु ल्याएका छन् ।

यस्ता कम्पनीहरुले ल्याउने टेक्स्ट टू स्पीच, टेक्स्ट लार्जिङ्ग फिचर, भिजुअल इम्पेयरमेन्ट एक्सेस,जेस्चर एक्सेस फिचर लगायतका प्रविधि तथा टूलहरुले अपाङ्गता र फरक क्षमता भएका व्यक्तिहरुलाई डिजिटल डिभाइसमा पहुँच दिन सहयोग गर्दछ ।

वेबएम अर्गनाइजेसनको २०२१ रिपोर्टअनुसार विश्वभरका १० लाख वेबसाइटहरुमध्ये ५१.४ प्रतिशतमा पहुँचयोग्यतामा समस्या भेटिएको छ । अघिल्लो वर्ष यस्तो समस्या ६०.९ प्रतिशत रहेको थियो ।

त्यसैगरि ९७.२ प्रतिशत वेबसाइटका होमपेजहरुमा डब्लूसीएजी २.० नरहेको भेटिएको थियो । वेबसाइटमा रहेका तस्वीरहरुमध्ये २६प्रतिशतमा वैकल्पिक शब्दहरु राखिएका थिएनन भने एक तिहाई तस्वीरहरु पत्ता लगाउन नसकिने किसिमका थिए ।

नेपालमा पनि अपाङ्गता र फरक क्षमता भएका व्यक्तिहरु रहेपनि यस दिवस र यस विषयमा धेरै जानकारी र सचेतना भएको देखिँदैन् ।

Global Bank
easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार